प्रतिष्ठानमा रुख काटिएकोमा आपत्ति, मेरो संलग्नता छैनः सांसद प्रधान « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

प्रतिष्ठानमा रुख काटिएकोमा आपत्ति, मेरो संलग्नता छैनः सांसद प्रधान


यलम्वर टाइम्स
१० आश्विन २०७७, शनिबार ०३:४८

सालबारी । सुखानी शहीद स्मृति प्रतिष्ठानभित्र अवैध रुपमा रुख काटिएको घटनाप्रति नेपाली कांग्रेस नगर समितिले गम्भीर आपत्ति प्रकट गरेको छ ।

केही दिनअघि प्रतिष्ठानको हाताभित्र प्रदेश सांसद बृख प्रधानको उपस्थितिमा सिसौको रुख काटिएको नगर सभापति हेमराज खरेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

तर, प्रदेश सांसद प्रधानका अनुसार रुख काट्नमा आफ्नो संलग्नता नरहेको जनाएका छन् । प्रतिष्ठानभित्र संरक्षणमा रहेका कछुवाको सुरक्षाको लागि प्रतिष्ठानले ढलापडा सिसौका रुख काटिएको थियो ।

उक्त रुख नकाटिदा संरक्षणमा रहेका कछुवाहरुमा क्षति पुग्ने भएको हुँदा रुख काट्ने मौखिक निर्णय भएको थियो ।

शुक्रबार प्रतिष्ठानको बसेको बैठकले प्रक्रियागत त्रुटि भएर रुख काटिएको निचोड निकालिएको बैठकमा सहभागि एक सदस्यले बताए ।

रुख काटिएको विषयलाई लिएर जिल्ला वन डिभिजन कार्यालयले एक पत्र पठाउँदै रुख के कारणबाट काटिएको हो भनी प्रतिष्ठानलाई स्पष्टिकरण मागेको छ ।

प्रतिष्ठानले आउने दिनमा यस्तो कार्य नदोहोर्याउने भन्दै कछुवा संरक्षणका लागि मक्किएका रुखहरु काटिएको जनाएको छ ।