मन्त्री भूषालले गरे पत्रकार सिग्देलको ‘एकदिन’ समय–कथाको विमोचन « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

मन्त्री भूषालले गरे पत्रकार सिग्देलको ‘एकदिन’ समय–कथाको विमोचन


यलम्वर टाइम्स
७ आश्विन २०७७, बुधबार ११:२६

बिर्तामोड । पत्रकार तीर्थ सिग्देलद्वारा लिखित पुस्तक ‘एकदिन’ समय–कथा जीवन, यात्रा र भोगाई विमोचन भएको छ ।

बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूषालले पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तक विमोचन गर्दै मन्त्री भूषालले हरेक लेखकले समयको भाषा बोल्ने बताउँदै आजको पिँढीले लेखेको कुराले समयको भाषालाई भोलीको पिँढीलाई बताउँछ भने ।

मन्त्री भुषालले लेखन कार्य बौदिक र समयको भाषा बोल्ने भएकाले पुस्तकका लेखक सिग्देललाई धन्यवाद समेत दिए ।

पुस्तक विमोचन कार्यक्रममा १ नम्वर प्रदेशका कृषि मन्त्री राम राणा, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रदेश १ का इञ्चार्ज देवराज घिमिरे, नेकपा झापाका अध्यक्ष अध्यक्ष चिन्तन पाठक, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुव शिवाकोटी, नेकपा झापा कार्यालय सचिव शिव ढुंगेल, जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, उपाध्यक्ष महेन्द्रकुमार गिरी सचिव युवराज ढकाल लगायतले लेखकलाई बधाई तथा शुभकामना दिएका थिए ।

पुस्तक ‘एकदिन’ १५२ पृष्ठको रहेको छ । जहाँ भिन्ना भिन्नै १४ वटा लेख मार्फत जीवन, यात्रा र भोगाईहरुलाई समेटिएको छ । पत्रकार सिग्देलद्वारा लिखित यो चौथो पुस्तक हो ।

पत्रकार सिग्देलका जीवनको गति २०७३, पूर्वको राजनीति २०७४, मनोनेट कथा संग्रह २०७६ र ‘एकदिन’ २०७७ प्रकाशित छन् ।