मिर्गौला पीडित बुद्धराजको उपचारमा सहयोग गरिदिन आग्रह « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

मिर्गौला पीडित बुद्धराजको उपचारमा सहयोग गरिदिन आग्रह


यलम्वर टाइम्स
७ आश्विन २०७७, बुधबार ०८:४५

बिर्तामोड । दुवै मिर्गौला खराब भएपछि थलिएका बिर्तामोड नगरपालिका वडा नं. ६ का बुद्धराज लिम्बूले उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

कमजोर आर्थिक अवस्था भएका कारण उपचार खर्च जुटाउन नसक्दा उपचारबाटै बञ्चित हुनुपरेको उनले बताए ।

दुवै मिर्गौला फेल भएपछि गत असारदेखि थला परेका ३५ वर्षीय बुद्धराजको उपचार खर्च जुटाउन बुद्धराज लिम्बू बचाउ अभियान सञ्चालन गरिएको छ ।

रोहित लिम्बूको संयोजकत्वमा गठित समितिले झण्डै एकमहिनाको अवधीमा नौलाख बढी रुपैयाँ सहयोग जुटाएपनि उपचारका लागि उक्त रकम पर्याप्त नहुनेभएपछि अभियानका संयोजक रोहित लिम्बूले पनि सहयोगका लागि अपिल गरेका छन् ।

दुई सन्तानका बाबु बुद्धराजलाई उनकी श्रीमती पिङ्कीले मिर्गौला दिने भएपनि ट्रान्सप्लान्ट गर्नु पहिले र त्यसपछि लाग्ने खर्चका लागि पीडित र अभियानका संयोजक दुवैले सहयोगका लागि अपिल गरेका हुन् ।

बुद्धराजको हाल बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा डाइलाइसिस भइरहेको बताइएको छ । कमजोर आर्थिक अवस्था भएका बुद्धराजको नियमित डाइलाइसिस पनि संकलित रकमबाट हुँदै आएको अभियानकी कोषाध्यक्ष फुलमाया शेर्पाले बताउनु भयो ।

उनको उपचारमा लगभग ३० लाख रुपैयाँ लाग्ने चिकित्सकको भनाई उद्धृत गर्दै बुद्धराजले बताएका छन् ।

सहयोग गर्नका लागि गरिमा विकास बैंक लिमिटेडमा रहेको खाता नं.–०५२०१९००८३६७७००००००१ मा रकम जम्मा गर्न सकिनेछ भने सम्पर्कका लागि लोकबहादुर हाङसुरुम्बा ९८१५९०४९४४ र फुलमाया शेर्पा (९८२४३९३४०)–मा सम्पर्क गर्न सकिने छ ।