मृत्यु र कोरोना-१ « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

मृत्यु र कोरोना-१


यलम्वर टाइम्स
३ आश्विन २०७७, शनिबार ०५:००


समयसँगै टक्क…,
संसार पनि अडिएको भान छ,
सुनसान.. चकमन्ता
मात्र सन्त्रास फैलिएको छ !
समयसँगै टक्क…
संसार नै अडिएको भान भएको छ !
यतिबेला,
प्रवेश निषेध छ, हस्पिटलमा
वाउन्सरले पस्न रोक्छ
डाक्टरले विमारी छुन मिल्दैन
औषधी पाउन मुस्किल छ
मात्र शंका लाग्नु पर्छ
विरामी एकान्त बासमा पुग्छ
अचम्मै छ..!
आइसोलेसनको बसाई
शरीर कसैले छुदैन
तर मृत्यु पश्चात
लासको परीक्षण गरिन्छ
नतिजा नकारात्मक आउदा पो
सबैलाई थाहा हुन्छ
यदी भाग्य हुने नै भए
विचरा सत्रअभागी रहेछ !
स्व गृह बन्दिको
यो एकान्त कोठा बसाइमा,
एउटा प्रश्नले मलाई
बारम्बार झस्काइ रहेको छ
त्यो मर्ने मान्छे,
कोरोना भाइरसले मर्यो की ?
औषधी उपचार नपाएर मर्यो ?
लुङ्गा, नढाटी भनि दिनु त !!
साँच्चै त्यो के भएर मर्यो ??