पौडेल चोकमा मेडिकल सञ्चालन « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

पौडेल चोकमा मेडिकल सञ्चालन


यलम्वर टाइम्स
२३ भाद्र २०७७, मंगलवार ०७:१२

पौडेलचोक । अर्जुनधारा–७ पौडेल चोकमा हिमशिखर मेडिकल हल सञ्चालनमा आएको छ ।

उक्त मेडिकल हल उद्घाटन गर्दै वडा नं. ७ का नगर सदस्य ऐतराज नेम्वाङ ‘सन्तोष’ले कतिपय स्वास्थ्य, शिक्षा स्थानीय तहबाट सञ्चालन गरेर जनमुखी व्यवहार गर्न सके व्यवसाय फैलिएर जाने बताए ।

प्रमुख अतिथि समेत रहेका नेम्वाङले विशेष गरी गाउँमा खोलिएका मेडिकल पसलले वृद्धवृद्धालाई भने जस्तो औषधी पुर्याउन सके व्यवसायसँगै पुण्यको भागेदार हुने जनाए ।

कार्यक्रममा विशेष अतिथि धनबहादुर विश्वकर्माले गाउँमा खोलिएका यस्ता खाले मेडिकल शेयर सदस्य बढाएर वृहत रुपमा लानुपर्ने बताए ।

अर्का अतिथि सञ्चारकर्मी दिपीन राईले गाउँमा रहेर मेडिकल पसल खोल्न सजिलो देखिए पनि स्थायी रुपमा सञ्चालन गर्न कठिन भएको हुँदा यस औषधालयको आसपासमा रहेकाहरुले सहयोग गर्नुपर्ने बताए ।

मेडिकल सञ्चालक डाक्टर योगेन्द्र कार्कीको सभाध्यक्षमा भएको उद्घाटन कार्यक्रममा डाक्टर कार्कीले आफूबाट सञ्चालनमा आएको मेडिकल भएको हुँदा भरपुर सेवा प्रदान गर्ने बताए ।

उनले बिस्तारै एक्स–रे, भिडियो एक्स–रे, ल्याब सञ्चालनमा ल्याउने समेत जानकारी दिए ।

समाज कल्याण संघका अध्यक्ष युवाराज पौडेलले सञ्चालन गरेको कार्यक्रममा प्रेमचन्द्र पौडेलले स्वागत गरेका थिए । कार्यक्रममा ज्ञानबहादुर कार्की, टिकाराम पौडेल लगायतको आतिथ्य रहेको थियो ।