शनिश्चरे बजारमा विद्युत प्राविधिकरणले गाडेको पोल जग्गाधनीले उखेल्दा सबैतिर चासो « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

शनिश्चरे बजारमा विद्युत प्राविधिकरणले गाडेको पोल जग्गाधनीले उखेल्दा सबैतिर चासो


यलम्वर टाइम्स
१६ भाद्र २०७७, मंगलवार १२:२३

शनिश्चरे । शनिश्चरे बजार क्षेत्रभित्र विद्युत प्राविधिकरणले गाडेको पोल जग्गाधनीले उखालिदिएपछि चासोको विषय बनेको छ ।

नगरले सुन्दर शनिश्चरे बजारको परिकल्पनासँगै फराकिलो बाटोको अवधारण अगाडि सारेको बेला बजार प्रवेश क्षेत्रमा घर भएका जनक न्यौपानेले आफू खुशी पोल उखालेपछि राजनीतिक दल लगायत स्थानीयको चासोको विषय बनेको हो ।

प्राविधिकरणको मापदण्ड अनुसार पोल गाडेपछि सम्बन्धित निकायलाई खबर गरेर मात्र निकाल्ने न निकाल्ने नियम छ । आफू खुशी गरेमा प्राविधिकरणले दण्ड सजाय दिने नियम रहेको छ । तर, पोल आफू खुशी निकालेको हुँदा प्रसाई कन्स्ट्रक्सनलाई पोल उखालेकोमा विद्युत प्राविधिकरण शनिश्चरे शाखाले प्रहरीमा उजुरी दिएको छ ।

उजुरी अनुसार कन्स्ट्रक्सनका प्रोप्राइटर कृष्ण प्रसाईलाई झिकाई सोही स्थानमा पोल गाड्न प्रहरीले अनुरोध गरेको छ ।

राजनीतिक दलका अगुवा नेपाली कांग्रेसका झापा सभापति उद्धव थापा, वडा नं. ८ का अध्यक्ष गोपीचन्द्र गौतम, विद्युत प्राविधिकरणका प्राविधिक कमल रायलगायतको उपस्थितिमा गाडिएका पोल यसरी उखाले थिति बस्ने हुँदा सम्बन्धित जग्गाधनीले पनि आपसी छलफलबाट निकास खोज्नुपर्ने बताए ।

सुन्दर शनिश्चरे बजार निर्माणमा नगर जुटिरहेको बेला छेउछाउका मानिसले छेकबार लगाउँदा शनिश्चरेको मुहारै धमिल्याउने बताउँदै त्यस्तो गर्ने जो कोहीलाई राम्रो नहुने वडाध्यक्ष गौतमले बताए ।

बाटो निर्माणसँगै बजारलाई सुन्दर बनाउन एडीभी र नगरको समेत योगदान रहेको हुँदा आएको योजनालाई फकाउने कार्य राम्रो हुन नसक्ने सभापति थापाले बताए ।