योजना गाउँमुखी भएर आएको छ, कार्यान्वयनमा तपाईहरु चनाखो हुनुहोस् « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

योजना गाउँमुखी भएर आएको छ, कार्यान्वयनमा तपाईहरु चनाखो हुनुहोस्


यलम्वर टाइम्स
१६ भाद्र २०७७, मंगलवार ११:०१

खुदुनाबारी । अर्जुनधारा नगरपालिकाले यस वर्षको योजना आत्मनिर्भर हुने र गाउँ वा टोलवासीका लागि सहयोग पुग्ने भएको छ । कार्यान्वयन पक्षमा चनाखो हुन वडा तथा टोलवासीहरुलाई अनुरोध गरेका छन् ।

सातौ नगरसभाबाट नीति तथा कार्यक्रमसँगै राजपत्रांकित सार्वजनिक गरेपछि नगरका विषयगत शाखा प्रमुखहरुलाई वडा–वडामा उभ्याएर कार्यान्वयका पक्षबारे जानकारी गराउँदै नगर प्रमुख हरिकुमार रानाले विकासमा भन्दा आत्मनिर्भरतामा बढी बजेट भएको समेत बताए ।

खुदुनाबारीको जनता मावि र वडा नं. १ को सिंहदेवी माविमा भएको टोल तथा वडा भेलामा प्रशासकीय प्रमुख पंकज भुर्तेलले बजेट जनमुखी भएको छ, जति सक्रिय भएर लाग्नुहुन्छ त्यति नै फाइदा हुने बताए ।

कार्यक्रममा पशुपंक्षी, मत्स्य, कछुवा विकास शाखाका प्रमुख पदमलाल राईले नगरले अघिसारेको योजना अक्षरस जनतासँगै रहेर सम्पन्न गर्ने बताए ।

स्वास्थ्य शाखाका मुकुन्द बस्नेत, कृषिका उर्मिला राजवंशी, योजनाका हिमराज सेढाईं लगायतले आ–आफ्ना शाखाबाट गरिने काममा कञ्जुस्याँई नहुने बताए ।

वडा नं. २ मा भएको कार्यक्रम रघुनाथ खनाल र वडा नं. १ का गजाधर खतिवडा अध्यक्ष भएको जनतासँगको अन्तरक्रियामा नेपाली कांग्रेसकी सरस्वती सिटौला, नेकपाका भक्ति कोइराला, जनमुक्तिका लक्ष्मी नेम्वाङ, राप्रपाका गोविन्द त्रिखत्री समेतले आ–आफ्नो सुझाव राखेका थिए ।

वडा नं. १ मा भएको कार्यक्रममा स्वागत तथा जानकारी हिमराज सेढाईले गरेको सञ्चालक वडा सचिव खगेन्द्र लिङदेनले यलम्वर टाइम्सलाई जानकारी दिए ।