हामी ३८ से बाट बेकरी उद्घाटन डिपार्टमेन्ट स्टोरको तयारी « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

हामी ३८ से बाट बेकरी उद्घाटन डिपार्टमेन्ट स्टोरको तयारी


यलम्वर टाइम्स
११ भाद्र २०७७, बिहीबार ०९:५८

अर्जुनधारा । सफलता मिलोस वा विफलता प्रयास निरन्तर रहनुपर्छ भन्ने उर्जाका साथ झापा शनिश्चरे माध्यमिक विद्यालयका पूर्व विद्यार्थी समूह ‘हामी ३८ से’ द्वारा बुढाथोकी कम्प्लेक्सको भुई तलामा बेकरी पसल सञ्चालनमा ल्याएका छन् ।

बेकरी आईटमका गुणस्तरीय सामान बिक्री वितरण गर्ने उद्देश्यले सञ्चालनमा आएको उक्त समूहले जीवन प्रयासको श्रृङ्खाला हो, प्रयासबाटै अर्को सफलताको जग बनाउनुपर्छ भन्ने उद्देश्यले बुढाथोकी कम्प्लेक्सकै पहिलो तलामा ४ हजार ८ सय वर्ग फीटमा सबै थोक पाउने गरी सुविधा सम्पन्न डिपार्टमेन्ट स्टोर सञ्चालन गर्ने जनाइएको छ ।

३८ से समूहका अध्यक्ष समाजसेवी व्यक्तित्व शेखर प्रधानले आफ्नो फेसबुक एकाउन्टमा तस्वीरहरु पोस्ट गर्दै सञ्चालनमा आएको जानकारी गराएका थिए ।

उक्त समूहले आफू जन्मेर हुर्केको ठाउँमा नै केही गर्नुपर्छ भन्ने लक्ष्यका साथ धार्मिक मठमन्दिरमा विभिन्न सेवा प्रदान गर्दै आएका छन् ।

उक्त समूहमा ८० भन्दा बढी सदस्य रहेका छन् ।