गजलकार सुन्दर कुरुपको ‘जूनको अनुहार’ « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

गजलकार सुन्दर कुरुपको ‘जूनको अनुहार’


यलम्वर टाइम्स
२ भाद्र २०७७, मंगलवार ०८:४४

लामो समयपछि चर्चित गजलकार सुन्दर कुरुपको पुस्तक ‘जूनको अनुहार’ यस यलम्वर टाइम्स अनलाईनको कार्यालयमा आईपुगेको छ ।

कसैलाई नबिजाउने, कसैलाई नराम्रो नभन्ने गजलकारको पुस्तक ओजनदार नै रहेको यसभित्रको शब्दले बताएको छ ।

गजल आफैमा ग्ल्यामर हो । युवा पुस्ताका लागि गजल बैंशको खुराक बनेर आउने गरेको छ । त्यसैले युवा साहित्यकारहरुमा गजल लोकप्रिय बनेको हामी पाउँछौं ।

सुन्दर कुरुपको पुस्तकबाट लिएको एउटा गजल :

मलाई माफ गर तिमीलाई, केही भन्न रक्सी पिएर आएँ
प्यालाभरि रक्सी पिउँदा, नशाभरि तिमीलाई लिएर आएँ

सम्झनाले रातभरि सताउँदा, निद्रा ओड्न सकिनँ
उदासता टिपेर रातको, फाटेका मनहरु सिएर आएँ

छताछुल्ल भएको छ जिन्दगी, रेटिएर फूलको धारले
पीर लुकाएर जिन्दगीको, खीर उसलाई दिएर आएँ

तिम्रो गजल पनि हुन सकिनँ, गाजल पनि बन्न सकिनँ
वैंश गुमाएँ तिमीलाई धाएर, साह्रै साह्रै खिएर आएँ

म त बाँचेर पनि मरेको छु, जपाकुसुम मनमा तिमी नझुल्दा
हिजो म एउटा सिङ्गो पाना, हेर आज च्यातिएर आएँ