मुख्यमन्त्री राई अर्जुनधारामा « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

मुख्यमन्त्री राई अर्जुनधारामा


यलम्वर टाइम्स
२९ श्रावण २०७७, बिहीबार ०९:३८

अर्जुनधारा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई अर्जुनधारा नगरपालिका आईपुगेका छन् ।

अर्जुनधारा नगरपालिकाले आयोजना गर्दै गरेको कार्यक्रमको उद्घाटन गर्न मुख्यमन्त्री राई अर्जुनधारा आईपुगेका हुन् ।

दिनको १२ बजेतिर अर्जुनधारा आइपुगेका मुख्यमन्त्री राईलाई नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी लगायत विभिन्न राजनीतिक दलका नेता अगुवाहरुले स्वागत गरेका थिए ।

अर्जुनधारा नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा मुख्यमन्त्री राईले उपस्थितसँग साक्षत्कार गर्दै अर्जुनधाराको विकासमा जोडिन पाउँदा हर्षित भएको बताए ।

उनले कोरोना संक्रमणका कारण मुलुक संकटकालिन अवस्थाबाट गुज्रीरहेको हुँदा सबै आम नागरिकले संयमता अपनाउँदै मास्क, स्यानिटाइजर र बेला–बेला साबुन पानीले हात धुदै गर्नुपर्ने बताए ।

मुख्यमन्त्री राईले कोरोनालाई परास्त पार्न अन्य सावधानीसँगसँगै आत्मबल पनि बढाउनुपर्ने बताए ।

सोही दिन शनिश्चरे चोकदेखि अर्जुनधारा जलेश्वरधाम जाने बाटोमा रहेको कृष्ण–अर्जुन रथको प्रतिमाको उद्घाटन गरेका थिए ।

सो प्रतिमाको उद्घाटन पश्चात अर्जुनधारा–१ र २ को बेलटार स्थित प्रदेश सरकार र अर्जुनधारा नगरपालिकाको संयुक्त लगानीमा बनेको दूग्ध संकलन केन्द्र (चिलिङ सेन्टर)को उद्घाटनका लागि प्रस्थान गरेका छन् ।

सो उद्घाटन पश्चात वडा नं. ३ मा रहेको सामूहिक आवास गृहमा क्वारेन्टिन निर्माणका लागि निरीक्षण, प्रस्ताविक औद्योगिक ग्राम क्षेत्रको अवलोकनको कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।

साँझमा भने पार्टीका नेता, कार्यकर्तासँग मुख्यमन्त्री राईले भेटघाट गर्ने छन् भने त्यस पश्चात नगरपालिकाको सभाहलमा स्थानीय उद्योगी, व्यापारी, सहकारीकर्मी र राजनैतिक दलका नेताहरुसँग भेटघाट गर्ने छन् ।