अस्पतालमा आगलागी हुँदा कम्तिमा १९ जनाको मृत्यु « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

अस्पतालमा आगलागी हुँदा कम्तिमा १९ जनाको मृत्यु


यलम्वर टाइम्स
२ कार्तिक २०७३, मंगलवार ०७:३४

भारत / भारत ओडिशाको राजधानी भुवनेश्वरमा रहेको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तिमा १९ जनाको ज्यान गएको छ । भुवनेश्वरमा रहेको सम अस्पतालमा आगलागी भएको हो ।

अस्पतालको डायलासिस वार्डबाट सुरु भएको आगो फैलिँदा ठूलो मानवीय तथा भौतिक क्षति भएको हो । आगलागीका कारण अस्पतलाको आइसीयु वार्डमा पनि प्रभाव परेपछि बिरामीलाई हतार हतारमा बाहिर निकालिएको थियो ।

आगलागीमा परी घाइते भएका तथा अस्पतालमा उपचाररत बिरामीलाई निजकैको अरु अस्पतालमा लगिएको छ । सातवटा दमकल र एक सय २० जना अग्नि नियन्त्रकले आगो नियन्त्रणमा लिएका थिए ।