‘स्थानीय मिडियाको संरक्षण स्थानीय सरकारले गर्नुपर्छ’ « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

‘स्थानीय मिडियाको संरक्षण स्थानीय सरकारले गर्नुपर्छ’


यलम्वर टाइम्स
२७ श्रावण २०७७, मंगलवार ११:०२

अर्जुनधारा, २७ साउन । कोरोना संक्रमणले सञ्चार क्षेत्रलाई प्रभाव पारि रहेको बेला प्रदेश नं. १ का अग्रज पत्रकारहरुले स्थानीय सरकार सञ्चार तथा सञ्चार गृहप्रति अझ उत्तरदायी हुनुपर्ने बताएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २१ औं स्थापना दिवसको अवसरमा ‘जुम प्रविधि’ बाट १ नम्बर प्रदेश समितिको आयोजनामा भएको ‘कोरोना भाइसरको कारण प्रदेश नम्बर १ मा पत्रकारिता क्षेत्रमा परेको प्रभाव’ बिषयक अन्तरक्रिया कार्यक्रममा ब्लाष्ट टाइम्सका प्रबन्धक तथा सम्पादक किशोरकुमार कार्कीले संकटकालको समयमा विदेशी राष्ट्रहरुले स्थानीय मिडियालाई माया गरेर सूचना तथा सञ्चारलाई माया गरेको बताउँदै हाम्रो मुलुकमा पनि सरकारको ध्यान त्यसतर्फ जानुपर्ने बताए ।

सम्पादक कार्कीले साना मिडियादेखि ठूलासम्मलाई अनुदान तथा विज्ञापन दिनुपर्नेमा जोड दिए ।

अर्का वक्ता नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुइटेलले प्रदेश सरकारले मिडियामाथि गरेको केही अनुदानबारे जानकारी गराउँदै अब स्थानीय अखबारको अभिभावक स्थानीय सरकार हुनुपर्ने बताउँदै विज्ञापन तथा प्रकाशनका अन्य गतिविधि साप्ताहिक होस् या दैनिक, रेडियो वा अनलाईलाई प्रदान गर्नु पर्ने बताए ।

कार्यक्रममा फोनिज संघीय अध्यक्ष तथा प्रमुख अतिथि डण्ड गुरुङले सञ्चारमा समावेशी कानूनमा चाहियो र व्यवहार भन्ने विषयमा बहस गर्नु भएको थियो ।

अन्तरक्रियामा प्रदेश इञ्चार्ज दिपीन राई, सल्लाहकार जनकऋषि राई, संघीय सचिव मिलन लिम्बू लगायतले सुझाव राखेका थिए ।

अर्जुन जम्नेली राईको सभापतित्वमा भएको कार्यक्रम सल्लाहकार सञ्जय सन्तोषी राई, प्रयास लिम्बू, ख्याम भुजेल, राम योङहाङ, विजय बोध लावती, गणेश साम्पाङ, भूमिका लिम्बू लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन प्रदेश सचिव विदुर खवासले गरेका थिए ।