प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्स–रे सेवा सुरु « Yalambar Times
८ बैशाख २०८१, शनिबार

प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्स–रे सेवा सुरु


यलम्वर टाइम्स
२२ श्रावण २०७७, बिहीबार १२:३५

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नम्बर ९ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्स–रे सेवा सञ्चालनमा आएको छ ।

विहीबारबाट स्वास्थ्य केन्द्रमा भिडियो एक्स–रे मेशिन जडान भएसँगै सेवा प्रदान गर्न थालिएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

नगर प्रमुख हरिकुमार रानाले विहीबार एक कार्यक्रमका बीच भिडियो एक्स–रे सेवाको उद्घाटन गरेका छन् ।

सामाजिक विकास मन्त्रालयको १२ लाख सहयोग र नगरपालिकाको समन्वयमा सुरु गरिएको सेवाले नगर क्षेत्रका सबै नागरिक लाभन्वित हुने नगर प्रमुख हरिकुमार रानाले बताए ।

स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष पुष्पकुमार प्रसाईको अध्यक्षता भएको कार्यक्रममा स्वास्थ्य केन्द्रका सिनियर अहेब डम्बर मिश्रले स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत पंकज भुर्तेल, नगर स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत लगायतको आतिथ्य रहेको थियो ।