कोरोना समुदायस्तरमा आउला ? « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

कोरोना समुदायस्तरमा आउला ?


यलम्वर टाइम्स
१७ श्रावण २०७७, शनिबार ०३:५९

अर्जुनधारा । सरकारले साउन ७ गतेबाट लकडाउन खुला गरिदिएपछि एकाएक समुदायमा कोरोना देखिने सम्भावना बढेर आएको छ ।

जिल्ला प्रशासन झापाले मास्क लगाएर हिंड्न उर्दि जारि गरे पनि को कतिबेला कहाँ पुग्छ, त्यसको लेखाजोखा नगरिने हो भने कोरोना समुदायमा आउने निश्चित छ ।

लकडाउन खुला गरिए पनि एक ठाउँबाट अर्को ठाउँ पुग्ने वा जाने जस्ता कार्यलाई रोक्न सकिएन भने महामारी त्यहीबाट हुन सक्ने जानिफकारहरुको भनाई छ ।

झापाको केन्द्र बिन्दू मानिएको बिर्तामोड बिहीबारबाट ५ बजेपछि हिंडडुल कम गर्न उर्दि जारी गरेको छ । व्यापारिक केन्द्र भएकोले ५ बजे पछाडिको आंशिक लकडाउन प्रभावकारी हुन सक्नेमा विश्वास कम भएको बिर्तामोडबासीहरु नै बताउँछन् ।

स्थानीय एक मिडियाले मेडिकल पसलमा कार्यरत कर्मचारीको चाँडो पीसीआर परीक्षण गरिएन भने त्यहीबाट महामारीको भय आउन सक्ने अनुमान गरेका छन् ।

हुन पनि हो, ति पसलमा कार्यरत कर्मचारीहरु बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहेको को कस्ता बिरामीहरु आएका हुन थाहा नभएपछि बिर्तामोड मात्र होइन जिल्लाकै सबै मेडिकल पसलमा काम गर्ने कर्मचारीहरुको पीसीआर चाँडो परीक्षण गर्नुपर्ने वाञ्छनिय छ ।

समुदायमा कोरोना देखिएकै कारण बीरगञ्ज, राजविराज आदि ठाउँमा लकडाउन नभए पनि निषेधाज्ञा जारी गर्दै बाहिर ननिस्कन अनुरोध गरेको छ ।

विशेष गरि सीमा नजिक भएको ति जिल्लाहरुमा को कति खेर नेपाल भित्रियो याकिन नभएर सीमावर्ती शहरमा कडा लकडाउनसँगै निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

मोरङको सुनवर्षी ८ मा संक्रमितको मृत्यु भएपछि वडालाई शिल गरिएको छ । शिल विहीबारदेखि गरिएको थियो ।

प्रशासनले टाडा कतै आउजाउ नगर्न अनुरोध गरेको छ । यसरी नै बीरगञ्जमा व्यक्तिमा संक्रमण देखिएपछि निषेधाज्ञा जारि गरिएको छ ।

यसअघि सम्भावित खतरालाई रोक्नका लागि निषेधाज्ञा जारि गर्दा स्थानीयहरुले उल्लंघन गरेका थिए । पछिल्लो पटक समुदायमा देखा परेपछि स्थानीय जनता आफै सचेत भएको बताइन्छ ।

बीरगञ्जमा साउन महिनामा मात्र सेना, प्रहरी, कर्मचारी, स्वास्थ्यकर्मी, व्यवसायी, कैदीबन्दि लगायत २०३ जना संक्रमित देखिए ।

सरकारले लकडाउन हटाएपछि शहर तथा गाउँ बजारमा लापरवाही हुन थालेको छ । त्यसैको कारण समुदायमा कोरोना आउन सक्ने सम्भावना बढेर गएको अर्जुनधारा स्वास्थ्य शाखाले जनाएको छ ।

अर्जुनधारा १ स्थित १ जनामा संक्रमण देखिएको हल्लाले शुक्रबार दिउँसोभरि उक्त वडा तनाबमा रह्यो । यदी समुदायमा यसरी देखियो भने अर्जुनधाराको अवस्था नाजुक हुने स्वास्थ्य शाखाको ठहर छ ।

अर्जुनधारा स्वास्थ्य शाखाका अनुसार अर्जुनधारालाई पनि लापरवाही हुन नदिन बजार नियन्त्रण गर्नुपर्ने एक वडादेखि अर्को वडासम्म आवतजावतमा रोक लगाउनुपर्ने, गाउँ वा शहर अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, घर–घरमा हात धुने जस्ता कार्य अनिवार्य गर्नुपर्ने जनाएका छन् ।