अर्जुनधारा १ स्थित समुदायमै एक युवामा कोरोना देखियो « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

अर्जुनधारा १ स्थित समुदायमै एक युवामा कोरोना देखियो


यलम्वर टाइम्स
१७ श्रावण २०७७, शनिबार ०३:५१

सिस्ने । अर्जुनधारा नगरपालिका १ सिस्ने स्थित एक युवामा कोरोना भएको जनाइएको छ ।

तीन दिन काठमाण्डौं बसेर अर्जुनधारा आएका ति युवाको पीसीआर परीक्षण गर्दा पोजिभिट आएपछि कोरोना समुदाय स्तरमा देखा परेको हो । उनी ३१ वर्षीय युवा हुन् ।

उनी केही दिनअघि शनिश्चरेमा भएको रक्तदान कार्यक्रममा समेत सहभागि भई रगत दिएका थिए ।

सामाजिक कार्यमा सक्रिय ति युवालाई कोरोना भएको पुष्टि भएपछि आईसोलेशनमा राख्नका लागि शुक्रबार शनिश्चरे बजारको क्वारेन्टिनमा राखिएको थियो । उनको घर र परिवारलाई शिल गरिएको छ ।

समुदायमै यसरी कोरोना देखा परेपछि उनी कहाँ–कहाँ पुगे होलान् ? यकिन हुन सकेको छैन । अहिले सिस्नेबासीहरु त्रसित हुन पुगेको स्थानीयले बताए ।