अर्जुनधाराले गर्यो निर्णायकहरुलाई सम्मान « Yalambar Times
८ बैशाख २०८१, शनिबार

अर्जुनधाराले गर्यो निर्णायकहरुलाई सम्मान


यलम्वर टाइम्स
१२ श्रावण २०७७, सोमबार ०९:११

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले गत फागुन ४ गतेदेखि आयोजना गरेको ‘बृहत नगर महोत्सव’ का निर्णायकहरुलाई सम्मान गरेको छ ।

नगर महोत्सवको पूर्व तयारी स्वरुप वडा–वडामा आयोजित कार्यक्रममा निर्णायकको भूमिका निर्वाह गरि सहयोग पुर्याएको भन्दै हस्त परियार, कुमार भट्टराई, कालीबहादुर थापा, सुजन समाल, कृष्ण बराल, कृष्णप्रसाद पौडेल र सन्तोष मगरलाई सम्मान गरेको हो ।

उनीहरुलाई नगर प्रमुख हरिकुमार रानाले नगदसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । उनीहरुले भाषा, कला, साहित्य तथा संस्कृति प्रर्वदन समितिमा रही निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

नगर प्रमुख रानाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत भाषा, कला, साहित्य तथा संस्कृति प्रर्वदन समितिकी संयोजक सुशिला सुवेदीले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन समितिका सचिव तिवेन्द्र अधिकारीले गरेका थिए ।

कार्यक्रममा एम्स एकाडेमी, वडा नं. ५ को नौमती बाजा, न्यू होप स्कुल, वडा नं. ८ को सन्थाल नृत्य र वडा नं. १० को संगिनी नृत्यलाई यातायात खर्च उपलब्ध गराउने समितिले निर्णय समेत गरेको छ ।