नगरका मिहेनती कृषकहरुलाई घाँस काट्ने मेसिन र मिल्क क्यान « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

नगरका मिहेनती कृषकहरुलाई घाँस काट्ने मेसिन र मिल्क क्यान


यलम्वर टाइम्स
६ श्रावण २०७७, मंगलवार १२:४१

कटहर डाँडा, ०६, साउन । अर्जुनधारा नगरपालिकाले मिहेनति उद्यमशील कृषकहरुलाई आज घाँस काट्ने मेसिन र मिल्क क्यान वितरण गरेको छ ।

नगरको पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाले मंगलबार ११ वटै वडाका कृषकहरुलाई उक्त सामग्री वितरण गरेको हो ।

सामग्री वितरण गर्दै नगर प्रमुख हरिकुमार रानाले कृषकहरुको आर्थिक सुधारसँगै नगरलाई समृद्धि बनाउन अर्जुनधारा सक्रिय रहेको बताए ।

कार्यक्रममा उपप्रमुख कमला खतिवडा आचार्यले पूर्वधारमा मात्र रकम खर्चेर विकास नहुने बताउँदै कृषि र पशुमा लगानी गरे नगर समृद्ध हुनेमा जोड दिए ।

उनले अगाडि बढे कुरामाभन्दा काममा नगर विश्वास राख्ने भएको हुँदा शाखा मातहत उर्जाशिल युवाहरुलाई कुखुरा लगायत अन्य विषयमा सहयोग गर्दै जाने बताइन् ।

कार्यक्रममा २० जना विपन्न कृषकहरुलाई ११ हजार मूल्य पर्ने २० वटा मेसिन निःशुल्क वितरण गरिएको थियो भने ५३ कृषकलाई साझेदारीमा मेसिन प्रदान गरिएको छ ।

सोही समयमा १४ कृषकलाई दूध बोक्ने मिल्क क्यानसमेत वितरण गरिएको थियो ।

यसरी नै विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले कृषकलाई मिल्क क्यान वितरण गर्दै उचित प्रयोगमा ध्यान दिन आग्रह गरे । सामग्री वितरण गर्दै कार्यक्रममा महिला नेतृ तथा कृषक देवकला प्रसाई, किसान नेता तारा उपाध्याय, दिलमाया दास लगायतले शुभकामना व्यक्त गरेका थिए ।

शाखा प्रमुख पदमलाल राईले सञ्चालन गरेको कार्यक्रममा विपन्न कृषकहरु क्रमशः कृष्णकला ढुंगेल, भक्तबहादुर न्यौपाने, महेन्द्र रोक्का, होमबहादुर पाण्डे, टेकबहादुर कटुवाल, प्रतिमा राजवंशी, निर्मला चौधरी, होमनारायण चौधरी, चम्पा ढकाल, जीतबहादुर राई, ललिता खतिवडा, ज्ञानबहादुर कार्की, सिद्धिमान राई, मेखबहादुर चिमारिया, चन्द्रबहादुर शंकर, प्रकाश भण्डारी, भक्त गिरी, खिनबहादुर बुढाथोकी, पार्वतादेवी निरौला, नरेन्द्रप्रसाद अधिकारीलाई निःशुल्क मेसिन प्रदान गरिएको थियो ।

यसरी नै साझेदारीमा मेसिन प्राप्त गर्नेहरुमा क्रमशः घनश्याम ढुंगेल, लक्ष्मीप्रसाद न्यौपाने, दिलकुमारी श्रेष्ठ, मनमाया बुढाथोकी, कल्पना श्रेष्ठ, जानुका घिमिरे, पूर्णबहादुर भुजेल, युवराज लम्साल, सावित्रा कृषि फार्म, लक्ष्मी बराल, ज्ञानबहादुर राजवंशी, चित्रा थापा, विजिता खराल, देवकुमारी ओली, गोपाल डाँगी, दीपा थापा, किशोर बजगाईं, रमेशकुमार काफ्ले, सुमन लुईंटेल, हरिमाया लुईटेल, दुर्योधन ढकाल, गीता चापागाईं, ओमप्रकाश न्यौपाने, पवित्रा नेपाल, निमेश थापा, संगीता दुलाल, टीकाराम खड्का, इन्द्रप्रसाद ढकाल, हरिकुमार दनुवार, धनकुमार भण्डारी, गादीहाङ्ग केरुङ, मनमाया आचार्य रहेका छन् ।

यसरी नै वर्षा कट्टेल, दिपक पनेरु, दिपेन्द्र आचार्य, तुलसा कार्की, रामकुमारी लिम्बू, मोहनप्रसाद चिमरिया, देविका ढुंगेल, देवीमाया कार्की, धनमाया अधिकारी, कमलप्रसाद पोखरेल, जीतबहादुर पुरी, नेत्रप्रसाद खड्का, प्रेमप्रसाद लामिछाने, खड्गबहादुर कन्दङ्वा, दुर्गा पौडेल, पदमबहादुर रुचाल, होमप्रसाद सिटौला, हरिमाया अधिकारी, मदनकुमार भण्डारी, गोपाल बुढाथेकी रहेका छन् ।

यसरी शाखासँगको साझेदारीमा मिल्क क्यान प्राप्त गर्नेहरुमा ताराप्रसाद रेग्मी, खुदुनाबारी कृषक समूह, राजेन्द्र श्रेष्ठ, ओमप्रकाश लिम्बू, बिक्रम मिश्र, तीर्थप्रसाद बास्कोटा, धर्मप्रसाद ढुंगेल, हरिचन्द्र चापागाई, हरिप्रसाद भट्टराई रहेका छन् ।

यसरी नै गोकुलचन्द्र अचार्य, सूर्यप्रकाश पाठक, युवराज ढकाल, विचारी गुरागाईं, रमेशकुमार दाहाल रहेका छन् ।