चेलीको स्मृतिमा ५० हजार « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

चेलीको स्मृतिमा ५० हजार


यलम्वर टाइम्स
५ श्रावण २०७७, सोमबार १०:३४

अर्जुनधारा । किरात राई यायोक्खा अर्जुनधारा नगर समितिले अक्षयकोष स्थापना गर्दै सहयोग गर्न दाता महानुभावमा आव्हान गरेका छन् ।

कोष सञ्चालन गर्ने नीति बनाई किरात राई बन्धुमा आइपर्ने समस्या र तिनका सन्ततिका लागि सहयोग पुर्याउने उद्देश्यले कोष खडा गरिए जनाइएको छ ।

उक्त कोषका लागि किरात राई यायोक्खा अर्जुनधारामा आवद्ध सदस्य बिर्तामाड–१ निवासी श्रीमान वान्तावा राई र मानबहादुर वान्तावा राईले आफ्नो चेली स्वर्गीय नन्दमाया राईको स्मृतिमा ५२ हजार २५ रुपैयाँ अक्षयकोषका पदाधिकारीहरुलाई हस्तान्तरण गरेका थिए ।

कोषका संयोजक तथा यायोक्खा अर्जुनधाराका उपाध्यक्ष क्या. शिवकुमार राईले सहयोगी दातालाई धन्यवाद दिँदै कोषलाई वृद्धि गरेर ५ लाख रुपैयाँ पुर्याउने लक्ष्य रहेको समेत जानकारी दिए ।

उपाध्यक्ष राईले विभिन्न समयमा विभिन्न दाता महानुभावहरुले सहयोग प्रदान गर्दै आएको बताउँदै कोषमा हालसम्म २ लाख बढी भएको जनाएका छन् ।