कोभिड–१९ संक्रमणलाई दुई तिहाई सरकारले थेग्न सक्दैनः अध्यक्ष केपी « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

कोभिड–१९ संक्रमणलाई दुई तिहाई सरकारले थेग्न सक्दैनः अध्यक्ष केपी


यलम्वर टाइम्स
२३ असार २०७७, मंगलवार १३:२४

अर्जुनधारा, २३ असार । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले कोभिड–१९ लाई परास्त पार्न सरकार एक्लै सक्षम नहुने बताएका छन् ।

मंगलबार पार्टी अर्जुनधारा नगर समितिद्वारा कोभिड–१९ तथा सरुवा रोग सम्बन्धि चेतनामूलक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि पालुङ्वाले महामारीले अझ भयभह लिने अवस्था सिर्जना भएको हुँदा पार्टीबाट जिल्ला वा नगरमा आम जनतालाई सहभागि गराई यस्तो कार्यक्रम गर्र्दै आएको बताए ।

अध्यक्ष पालुङ्वाले नेकपाको दुई तिहाइ सरकारलाई सबै दल मिली कोभिड–१९ लाई परास्त पार्न सर्वपक्षीय समिति बनाउन आह्वान गर्दा पनि दुई तिहाइ चुप लागेर बसेको हुँदा यसको परिणाम अझ भयभह हुने देखिन्छ । त्यस्तो नहोस् भन्नका लागि कोरोना सम्बन्धि अन्तरक्रिया गर्दै पार्टी अगाडि बढेको बताए ।

उनले अगाडि भने, ‘संघ तथा प्रदेश सरकारले आदिवासी जनजाति, अल्पसंख्यक वर्गहरुका लागि मन छुने बजेट ल्याउन नसकेको आरोप लगाउँदै स्थानीय स्तरबाट ति जाति वर्गको सम्मान गर्न अनुरोध गरे ।

विशेष अतिथि नगर प्रमुख हरिकुमार रानालाई इंकित गर्दै थोरै संख्यामा रहे पनि मेची–महाकालीसम्म उपस्थित भएको दल जनमुक्ति भएको हुँदा यस पार्टीको भावनालाई सम्मान गर्न अनुरोध गरे ।

कार्यक्रममा विशेष अतिथि नगर प्रमुख हरिकुमार रानाले समुदायमा नफैलिएको कोरोना सचेत गराउन राजनीतिक दल मध्ये जनमुक्ति पार्टी नगरसम्म आइपुगेको हुँदा जनमुक्तिलाई धन्यवाद दिए ।

उनले अगाडि भने, ‘कोरोना फैलिन नदिनका लागि नगरको प्रयास जारी नै छ । त्यसमा राजनीतिक दलहरुको सचेतना समय सापेक्ष छ ।’

कार्यक्रममा वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. किशोर गुरुङmले सहजीकरण गरेको कार्यक्रममा ५० भन्दा बढीको उपस्थिति रहेको थियो ।

कार्यक्रम शनिश्चरे बजार स्थित आदिवासी जनजाति सामुदायिक भवनमा भएको थियो ।

जनमुक्ति नगर अध्यक्ष दिपील राईको सभापतित्वमा भएको कार्यक्रममा पार्टी उपाध्यक्ष पन्धाक, प्रदेश कार्यवाहक अध्यक्ष पर्शुराम मगर, प्रदेश नेतृ मैना बराइली, जिल्ला अध्यक्ष भवानी सेलिङ, महिला मोर्चा अध्यक्ष रीना मगर, संघीय परिषद सदस्य राज खालिङ, जिल्लाका नेता तिलसिंह माङ्मु, पदम लिम्बू, क्या. शिवकुमार राई, पूर्व विद्यार्थी नेता चन्द्र मगर, मानु लिम्बू, हिन्दू जागरणका केन्द्रीय अध्यक्ष इन्द्र ओली, वडा सदस्य सेमन्त ढकाल, सुशिला सुवेदी लगायतको आतिथ्य रहेको कार्यक्रम सञ्चालक सचिव भुपाल रानाले बताए ।