इतिहासदेखि अहिलेसम्म ठगिएका लाहुरे

[बलदीप प्रभाश्वर चाम्लिङ]

लाहुरेहरू विशेष परिस्थितिमा बाध्यता वश भर्ती भएर विदेशमा बस्नुपरेको हुनाले उनीहरूको नेपाली नागरिकतालाई नेपाल सरकारले निरन्तरता दिनुपर्छ भनेर हामीले पहिलेदेखि नै भन्दै आएका हौँ । भुपुहरूको हकहितको लागि नेपालमा भुपु सम्बन्धि मन्त्रालय नै गठन हुनुपर्छ भन्ने हाम्रो माग यथावत नै छ । भुपुहरूलाई सशक्तिकरण गर्नको लागि पार्टी र राज्यमा प्रतिनिधित्व गराउनु पर्छ भन्ने मान्यता अनुसार पार्टीमा पदाधिकारी तहमा भुपुलाई अनिवार्य गरेका छौ र विगतमा संविधानसभामा भुपु परिवारको सदस्यलाई सभाषद पनि बनायौँ ।

तर कांग्रेस–कम्युनिष्टले भुपुलाई आफ्नो भातृ संगठनमा राख्ने तर आफू सत्तामा गएपछि कुनै भुपुको माग र समस्या समाधान नगरिदिने । बरू महाधिवेशन तथा सम्मेलनहरूमा भुपुलाई व्यवस्थापन समितिमा राखिदिएर झण्डा ब्यानर, मञ्च, खाना, पानी, कुर्सी, टेवल तयार पार्ने काममा खटाएको देखिन्छ । भुपुहरूलाई पदाधिकारी तथा प्रतिनिधिको परिचयपत्र देलाभन्दा त स्वयमसेवकको बिल्ला भिडाइदिन्छन् ।

कोईराला–ओली–दाहालहरूले त लाहुरेलाई सोझा–सिधा ठान्योठान्यो, अझ यादव–ठाकुर, महन्तहरूले पनि लाहुरेलाई उल्लु बनाउँन खोज्दैछन् । सम्बन्धित ठाउँमा चाँहि पहल नगरिदिने तर भुपुको भावना भजाउन सडकमा मात्र बोलिटोपोल्ने पाल्सी कर्मले लाहुरे भुपुहरूको सही सम्मान र कदर हुन सक्दैन ।

तर अबका लाहुरेहरू सचेत छन् । बचेका बाँकी जिन्दगी प्रतिष्ठा र स्वाभिमानको लागि खपत गर्न चाहन्छन् । कोईराला–ओली–दाहालहरूले त लाहुरेलाई सोझा–सिधा ठान्योठान्यो, अझ यादव–ठाकुर, महन्तहरूले पनि लाहुरेलाई उल्लु बनाउँन खोज्दैछन् । सम्बन्धित ठाउँमा चाँहि पहल नगरिदिने तर भुपुको भावना भजाउन सडकमा मात्र बोलिटोपोल्ने पाल्सी कर्मले लाहुरे भुपुहरूको सही सम्मान र कदर हुन सक्दैन ।

नागरिकता विधेयक तयार बनाउने निकाय भनेको संसदको ‘राज्य व्यवस्था तथा सुशासन समिति’ हो । जहाँ कसले कसरी नागरिकता पाउने भन्ने कुराको छलफल हुन्छ । यहाँ छलफल र बहस भएपछि विधेयक तयार पारेर संसदमा पेश गरिन्छ र पास गरिन्छ । यो राज्य व्यवस्था तथा सुशासन समितिमा जनता समाजवादी पार्टीका राजेन्द्र महतो, राजकिशोर यादव र राजेन्द्र श्रेष्ठ पनि छन् । तर कुरा राख्नुपर्ने यो समितिमा उनीहरूले भुपु लाहुरेहरूको नेपाली नागरिकताको निरन्तरता बारे एक शब्द पनि खर्चेका छैनन् । उनीहरूले किमार्थ कुनै पनि कुरा राखेनन् र छलफलको लागि वातावरण पनि बनाएनन् बरू पूरा ध्यान चाहिँ भारतीय बुहारी महिलामा केन्द्रित गरियो । समितिमा कसले के बोल्यो भन्ने कुराको रेकर्ड अहिले पनि हेर्न सकिन्छ । तर सडकमा कार्यकर्ताहरूलाई लाहुरे बारे ब्यानर बोक्न लगाउने । यदि भुपु लाहुरेहरूको कदर यादवले गर्न चाहेको हो भने आफ्नो पार्टीको पदाधिकारी पदमा तथा समानुपतिकबाट भए पनि सांसद बनाउन तयार छन् ? लाहुरेले विदेशमा संगठन धानिदेओस् र लेभी पठाइदियोस् भन्ने लक्ष्यमात्र लिने हो भने दुःखद कुरा हो ।

यसलाई Politics of Irony भनिन्छ । बाहिर जे हुन्छ त्यो भित्र हुन्न । बाबुराम भट्टराईको राजनीतिक लाईन नै यही हो । आफूले चाहे अनुसारको संविधान आफैले हतारमा बनाउने र अहिले यो भएन र त्यो भएन भन्नु एक खेल नै हो । बाहिर बोलिदिदैमा भित्री आफ्नो स्वार्थ बर्चस्वमा परिवर्तन आउने होइन बरू बाहिर वाहवाही आर्जन हुन्छ भन्ने मान्यता यो राजनीतिक लाईनको हुन्छ । कुनै कसाहीले बच्चा पाठोलाई प्रेम गर्नु र त्यसको पालणपोषण गर्नुको अन्तिम निचोड के हो ? घिच्रो निचोड्नु !
लेखक राष्ट्रिय जनमुक्ति पार्टीका बुद्धिजिबी बिभाग प्रमुख हुनुहुन्छ ।

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd