सरकार बीऊ, मलको अभाव कहिलेसम्म ? « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

सरकार बीऊ, मलको अभाव कहिलेसम्म ?


यलम्वर टाइम्स
१७ असार २०७७, बुधबार ११:१२

कोरोना संक्रमणले मुलुकलाई धक्का त दिएकै छ । त्यसले पनि अझ किसानलाई भने ठूलो धक्का दिन पुगेको छ । राज्यले आवतजावतलाई पूर्ण रुपमा बन्देज लगाए पनि कृषिमा आधारित किसानका लागि भने सरकार स्वयम् आफै लागेर आवश्यक सामग्री पुर्याउनुपर्ने हो, भने जस्तो नपुर्याउँदा किसानहरु यो बेला चिन्तित बन्न पुगेका छन् ।

पोहोर सालभन्दा लुकाइछुपाइ बिक्री वितरण गरेको कृषिमा प्रयोग हुने मल, बीऊ यो वर्ष २० प्रतिशत बढीले किन्नु पर्ने अवस्था किसानलाई आइपरेको छ । समस्या आइपरे पनि समयमा बीऊ र मल भने जस्तो नपाउँदा धेरै किसानहरु मर्कामा परेका छन् । तसर्थ यस्तो अभाव कहिलेसम्म खेप्ने ? किसानहरुको आफ्नै बिलौना छ ।

बजार खुकुलो हुँदै जाँदा सम्बन्धित स्थानीय पालिकाहरुले खरिद गरेर सस्तो भाउमा अभाव नहुने गरी बिक्री वितरण गरिदिएको भए धेरै किसानहरु उत्पादनबाट बन्चित हुने थिएनन् । जतिसुकै लकडाउन भए पनि उत्पादनमुखी कार्यलाई सहजतामा लगिदिएको भए कृषकहरुबाटै उत्पादित वस्तुहरुबाट जीउन सक्ने आधार बन्थ्यो । त्यसैले पनि किसानहरुका लागि आवश्यक सामग्री स्थानीय सरकारले उपलब्ध गराइदिनुपर्ने देखिन्छ ।