नसर्ने रोग नै मानिसका लागि घातक « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

नसर्ने रोग नै मानिसका लागि घातक


यलम्वर टाइम्स
१४ असार २०७७, आईतवार ०३:०६

शनिश्चरे, १४ असार । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोलर अधिकृत जीवन चम्लगाईले मानिसका लागि नसर्ने रोग बढी घातक भएर आएको बताएका छन् ।

नगर स्वास्थ्य कार्यालयले आयोजना गरेको नसर्ने रोग सम्बन्धि अभिमूखिकरण कार्यक्रममा अधिकृत चम्लगाईले मीठो खानपान, अल्छिया जीवनशैलीका कारण नसर्ने रोगले मानिसलाई सताइरहेको अवस्था छ । त्यसप्रति सचेत रहन समेत जानकारी गराएका थिए ।

सिनियर अहेव दिपक सापकोटाले शरीरमा देखिएको मोटोपनबाट सुगर, प्रेसर, मुटुरोग सुरु हुने भएको हुँदा बिहानपख व्यायमको ठूलो आवश्यकता रहेको बताउँदै नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रण प्रयास उपयोगी भएको बताए ।

उनले बालक वयस्क र वृद्धहरुमा हिजोआज खानपीन र आरामदायी जीवन शैलीबाट मधुमेह रक्तचाप मुटु, क्यान्सर, मृगौला, दम देखापर्दै गएको तथ्याङ्क प्रस्तुत गरेका थिए ।

कार्यक्रम पश्चात उचाई अनुसारको मोटाईबाट हुने परिणामका विषयमा अवगत गराउँदै ४६ जनाको परीक्षण गरिएको शाखाका संयोजक मुकुन्द बस्नेतले यलम्वर टाइम्सलाई जानकारी दिए ।