गायक विकासले क्वारेन्टिनमा रहेकाहरुको मनोबल उच्च पार्न गाए राष्ट्रभावका गीत « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

गायक विकासले क्वारेन्टिनमा रहेकाहरुको मनोबल उच्च पार्न गाए राष्ट्रभावका गीत


यलम्वर टाइम्स
२ असार २०७७, मंगलवार १३:२७

अर्जुनधारा । ‘द भोइज् अफ नेपाल सिजन २’ का फाइनालिस्ट विकास लिम्बूले राष्ट्रिय भक्तिसँगै ६ वटा गीत प्रस्तुत गरेर क्वारेन्टिनमा बसेकाहरुको मनोबल उच्च पारेका छन् ।

अर्जुनधारा स्वास्थ्य शाखा र स्थानीय सहयोगी अभियान्ताहरुको अगुवाईमा क्वारेन्टिनमा बसेकाहरु निराश नहुन भन्दै आज राष्ट्रिय कलाकार विकासलाई ल्याएर मनोरञ्जन दिलाएका थिए ।

अर्जुनधाराको क्वारेन्टिनमा बिहानपख धार्मिक प्रवचन, साँझमा योगा र कहिले काही नगर प्रमुख हरिकुमार रानाबाट कर्तव्य बोधका विषयमा उत्प्रेरणाक शब्द राखिदै आएको थियो ।

स्वास्थ्य प्रमुख मुकुन्द बस्नेतका अनुसार अर्जुनधारामा आइपुगेका जो कोही व्यक्ति निराश नहुन भन्ने उद्देश्यले उहाँहरुको मनोबललाई बलियो बनाउन यस्ता कार्यक्रम राखिदै आएको बताए ।

मंगलबार कलाकार विकास लिम्बूले राष्ट्रभक्तिका गीतदेखि लिएर पूर्वेली लोकभाका हुँदै आधुनिक गीत गाउँदा क्वारेन्टिनमा रहेकाहरु विकासका गीतसँगै एकछिन बहकेका थिए ।

क्वारेन्टिनमा रहेका केहीले हामी क्वारेन्टिनमा रहँदा प्रवचन गीत प्रस्तुत हुँदा भिडियो खिचिदिने र बाहिरबाट आएर हेरिदिँदा आफूहरुलाई नरमाइलो लागेको प्रतिक्रिया दिए ।

नगरपालिकाले खुवाउँदै आएको खाना, सुत्ने र बस्नेको व्यवस्था राम्रै भएको समेत नाम उल्लेख नगर्ने शर्तमा बताए ।