प्रदेशवासीमा मुख्यमन्त्री राईको सन्देश « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

प्रदेशवासीमा मुख्यमन्त्री राईको सन्देश


यलम्वर टाइम्स
८ बैशाख २०७७, सोमबार ०७:३२

आदरणीय दाजुभाई तथादिदीबहिनीहरु, नमस्कार

हामीहरु अहिले कोरोना भाइरस (कोभिड—१९) विरुद्धको संघर्षमा छौं । यो भाइरस रोकथाम, नियन्त्रण र जनताको जीवन रक्षाकालागिदेश लकडाउन भएको पनिआज२७दिनभएको छ । यतिलामो अबधिसम्मतपाईहरुले कायम गरिरहनु भएको धैर्यतालाई हार्दिक सम्मानव्यक्तगर्दै बाँकीदिनहरुमापनि यस्तै धैर्यताको अपेक्षागर्दछु ।

अहिले हाम्रो प्रदेशबाटै पोलिमरेज चेन रियाक्सनएऋच् प्रविधिबाट दुई ठाउँ द्यएप्क्ष्ज्क्र कोशी अस्पतालबाट कोरोना परीक्षण भइरहेको छ ।

आजसम्म३ सय ८७जनाको परीक्षणभइसकेको छ । त्यस्तै द्रुत परीक्षण विधिर्यापिट डाइग्नोष्टिक टेस्ट च्म्त् बाट पनिद्रुतगतिमा परीक्षण भइरहेको यहाँहरुलाई जानकारी गराउँदछु ।

आरडिटी प्रविधिबाट अहिलेसम्महाम्रो प्रदेशमादुईहजार ८१जनाको परीक्षण गरिएको छ । उपलब्धअत्यावश्यक स्वास्थ्य सामाग्रीहरु सबै ठाउँ पठाइएको छ । यसरी हामीअहोरात्र कोरोना भाइरस रोकथाम, नियन्त्रणका लागि खटिरहेका छौं । तपाईहरुको सुरक्षाकालागिसरकारले कुनै कसर बाँकीनराख्ने कुरा म पुनः दोहोर्याउन चाहन्छु ।

हालसम्म५३ स्थानमा ४ सय ४९ आइसोलेशन बेड बनेका छन् भने ४४ बेड संख्याको आइसियु तयार भएको छ । २ सय५३ ठाउँमा ४ हजार ४ सय ४९ वटा क्यारेन्टाईन बेड बनेका छन् । यीबनेकाक्वारेन्टाईनमा ६ सय ७६जनालाई राखिएको छ । हाम्रो प्रदेशमाहोम क्वारेन्टाईनमा ३ हजार १ सय ११ जना बस्नु भएको छ ।

दाजुभाई तथादिदीबहिनिहरु

हाम्रो प्रदेशमा १३ जनामा कोरोनाको संक्रमण देखा परेको छ । उदयपुरको त्रियुगानगरपालिका ३ भूल्के स्थित मस्जिदमा रहनु भएकाहरुको परीक्षण गर्नेक्रममाकोरोना संक्रमण देखा परेको हो ।

११ जनाभारतीयनागरिक र २ जनानेपालीनागरिकमा कोरोना भाइरस संक्रमण देखा परेको छ । उहाँहरुलाईअहिले उपचारको लागिप्रदेश सरकारले तयार गरेको कोशी अस्पतालको कोभिड—१९ उपचार केन्द्रमाराखिएको छ । उहाँहरुको स्वास्थ्यअवस्था सामान्य छ । उहाँहरु चाँडै निको भएर घर फर्कने विश्वास सहित शिघ्र स्वास्थ्यलाभको कामनागर्दछु ।

अहिले हामी कन्ट्याकट्रेसिङ्ग गरिरहेका छौं ।यो क्षेत्रमाहिजोमात्रप्रदेशबाट ६९ जनाको स्वाव संकलन गरिएको छ । यसकाअतिरिक्तसिसिएमसीमार्फत नेपाली सेनाको हेलिलकप्टर प्रयोग गरेर आजथपनमूना संकलन गरिएको छ । त्यसैले तपाईहरु त्रसितनहुन मेरो हार्दिक अपील छ ।

हामीले उच्च सर्तकताअपनाइरहेको अवस्थामाप्रदेशमा यसरी कोरोना संक्रमितहरु देखा परेसँगै हामीले थपसजगता र सावधानीअपाउनुपर्नेछ । त्यसैले तपाईहरुले लकडाउनको पूर्ण पालनागर्दै आफू, आफ्नो परिवार, समुदायमा सहयोग पुर्याउनुहुनेछ ।

म दाजुभाई दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छु, तपाईहरु धैर्य, संयम र उच्चमनोबलका साथ घरमै बसिदिनुहोस् । तपाईहरुको यही सहयोगको सरकारले अपेक्षा गरेको छ । तपाई हामी एकताबद्धभएको खण्डमा हामीहरु कोरोनालाई जित्न सफलहुनेछौं । तपाईहरु ढुक्क हुनुहोस्, हामीतपाईहरुकै साथमा छौं । धन्यवाद ।
शेरधन राई, मुख्यमन्त्री, २०७७ बैशाख, ७