चार जातिका एउटै पर्व

नवल फाइवाली

[नवल फाइवाली]

नेपाल बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र बहुजातीय देश हो भनी २०४७ को नेपालको संविधानमा उल्लेख भएको छ । यसै अनुरुप नेपालका १०३ जाति मध्ये ५९ जाति आदिवासी÷जनजाति समूहका अधिकांश जातिहरु प्राचिन नेपालमा ३३ पुस्तासम्म शासन गर्ने किरात वंशका सन्तानहरु हौं भनी किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यालयबाट प्रकाशित पुस्तक ‘किरात चाडः एक परिचय–२०५९’ पृष्ठ ४ मा उल्लेख गरिएको छ । यसप्रकारको ऐतिहासिक तथ्यहरु मौजुद हुँदाहुँदै पनि निश्चित आदिवासी जनजातिहरुको स्व–पहिचान गर्ने, आत्मनिर्णयको आधारमा भने वर्तमान नेपालमा नेपालका आदिवासी जनजाति मध्ये सुनुवार, याक्खा राई र लिम्बूले मात्र आफूले आफैलाई किरात वंशको शाखा हौ भनी आफ्नो परिचय दिने गरेको पाइन्छ ।


नयाँ अन्न अर्पण गर्ने र उत्सवका साथ मनाउने परम्परागत प्रचलनहरु लिम्बू, राई, सुनुवार, याक्खा आदि किरात जातिहरुमा समान रुपमा चल्दै आएको हुनाले समग्रमा यसलाई किरात चाड भनी परम्पराकै आधारमा प्रत्येक मंसीर पूर्णिमाको दिन सम्पन्न गर्ने गरी त्रयोदशीदेखि पूर्णिमासम्म तीन दिन इष्टमित्र, आफन्त, नातागोतामा भेटघाट खानपीन शुभकामना आदानप्रदान गर्ने भलाकुसारीपूर्ण भव्यताका साथ प्रमुख चाडको रुपमा मान्ने गरिन्छ ।

नेपालमा बसोबास गर्ने अधिकांश आदिवासी जनजातिहरुमा खेतीपाती गरी जीवनयापन गर्ने परम्परा भएकाले आफूले लगाएको अन्नबाली पाकेपछि भित्र्याउनुभन्दा पहिले आ–आफ्नो इष्ट देवता र पितृहरुको पूजा आराधना गरी नयाँ अन्न अर्पण गरेरमात्र खाने, घरमा थन्को लगाउने उनीहरुको परम्परा छ । यसरी नयाँ अन्न अर्पण गर्ने र उत्सवका साथ मनाउने परम्परागत प्रचलनहरु लिम्बू, राई, सुनुवार, याक्खा आदि किरात जातिहरुमा समान रुपमा चल्दै आएको हुनाले समग्रमा यसलाई किरात चाड भनी परम्पराकै आधारमा प्रत्येक मंसीर पूर्णिमाको दिन सम्पन्न गर्ने गरी त्रयोदशीदेखि पूर्णिमासम्म तीन दिन इष्टमित्र, आफन्त, नातागोतामा भेटघाट खानपीन शुभकामना आदानप्रदान गर्ने भलाकुसारीपूर्ण भव्यताका साथ प्रमुख चाडको रुपमा मान्ने गरिन्छ ।

यो किरात चाडलाई चार जातका किरातहरुले आ–आफ्नो भाषाद्वारा भिन्नभिन्न प्रकारले नामाकरण दिएको हुन्छ । जस्तै, राईहरुले यसलाई ‘उधौली साकेला’ भन्दछन् भने लिम्बूहरुले ‘चासोक तङनाम’ र सुनुवारहरुले ‘फोल ब्याँदर’ भन्ने गर्छन् । त्यसै गरी याक्खाहरुले ‘चासुवा’ भनेर भन्दछन् । यो किरात चाड मनाउँने क्रममा पूजा विधिहरु आ–आफ्नो तौर तरिकामा केही फरक परे पनि प्रारम्भिक चरणमा एउटै उद्देश्य रहेको पाइन्छ । किनभने यी चारै जातिको पूजा विधिमा नयाँ अन्नबाली आफ्नो कूल पितृ र आराध्यका साथ देवीदेवताहरुलाई चढाएर पूजा आराधना गरी नयाँ लुगाहरु लगाएर उत्सव मनाउँने प्रचलनहरु सबै मिल्दछ । अन्य रमाइलो कार्यक्रमहरुमा राईहरु ढोल, झ्याम्टाका साथ महिला पुरुषहरु साकेला नाच्दछन् भने लिम्बूहरु केलाङ, यालाङ, हाक्पारे साम्लो, पक्लुङ लेप्मा, साप्फुलक्मा, फुङवा चाङमा आदि कार्यक्रमका साथ आफ्नो किरात चाडलाई सम्पन्न गर्दछन् ।

यसरी नै सुनुवार किरातहरु पनि पूजा विधि सम्पन्न गरे पश्चात थानमा राखेको सोली बोकेर अनुष्ठान थानलाई दाहिने पारी नाच्ने गर्दछन् । जुन थान वरिपरि नाचिएको नाचहरु मध्ये आम्दुले, लाँकादुले ग्लुम्तेक नाचपछिको अर्को रमाइलो क्षण हो । पुरै गतिशील अवस्थामा ढोल, झ्याम्टा, खरङ्गा बजाउँदै बाटुलो घेरामा घुमेर नाचेको रमाइलो हेर्दा हर्ष नमान्ने कोही हुँदैनन् । यसरी नै चेली माइती बीचको सम्झना माया, ममताको विशाल भावनाले ओतप्रोत भई व्यक्तिगत रिसिबी छाडेर सामूहिक हितको लागि एकबद्ध हुने सन्देश बोकेर प्रकृतिको आराधना गर्दै पुर्खाहरुलाई पुकार्दै रमाइलो गरिने यो चाड सुनुवार जातिको मात्र नभएर सबै जातजातिको सामूहिक चाड हो भन्दा आपत्ति नहोला भन्न सकिन्छ । यसरी नै याक्खा किरातहरुको पनि चासुवा मनाउने क्रममा सबै पितृहरुलाई आफ्नो मुन्धुमद्वारा पूजा आराधना गरिसकेपछि घर–घरमा घुम्दै रमाई गर्दै पूजाको प्रसादहरु ग्रहण गर्दै सुख समृद्धिको कामना गर्दै नाच्ने गाउँने र चासुवाको उत्सव मनाउने याक्खा किरात परम्परा पनि कम रोचक देखिँदैन ।


त्यसैले चार किरातहरुको धर्म संस्कार संस्कृति र लिपी समेतमा एक रुपता कायम गर्ने उद्देश्यले संस्थागत रुपमा निर्णय गरी यो किरात चाडलाई प्रत्येक मंसीर पूर्णिमाको अघि त्रयोदशीदेखि पूर्णिमासम्म तीन दिन लगातार भव्य रुपले मनाउँने भनी सार्वजनिक भईसकेको कुरा विदितै छ ।

यसरी प्रत्येक वर्षहरुमा नेपालका चार किरातहरुले परम्परागत रुपमा मनाउँदै आएको महान किरात चाड उधौली पूजा एकप्रकार यी सबैको तौर तरिकाहरु मिल्दो जुल्दो भएको अनुमान हुन्छ । त्यसैले चार किरातहरुको धर्म संस्कार संस्कृति र लिपी समेतमा एक रुपता कायम गर्ने उद्देश्यले संस्थागत रुपमा निर्णय गरी यो किरात चाडलाई प्रत्येक मंसीर पूर्णिमाको अघि त्रयोदशीदेखि पूर्णिमासम्म तीन दिन लगातार भव्य रुपले मनाउँने भनी सार्वजनिक भईसकेको कुरा विदितै छ । तसर्थ उक्त तीन दिनको किरात महान चाडमा सरकारबाट सरकारी बिदा घोषणा गरी पाउन यी चारै किरातहरु संस्थागत रुपमा प्रधानमन्त्रीको कार्यालयमा डेलीगेशन गई मिति २०५८ कात्तिक ४ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ज्ञापनपत्र प्रस्तुत गर्ने काम गरियो । प्रस्तुत ज्ञापन पत्रलाई मध्यनजर गरी सो मन्त्रालयबाट तीन दिनको बदला एक दिन सरकारी बिदा दिने निर्णय भई सरकारको राज–पत्र खण्ड ५१ संख्या ५० भाग ४ मिति २०५८ चैत्र २६ को पर्व बिदाहरुको दफा ६ अनुसार किरात चाड मान्ने सरकारी कर्मचारीहरुका लागि किरात चाड पर्ने दिन मंसीर पूर्णिमामा एक दिन बिदा दिने भनी उल्लेख गरी राज–पत्रमा समेत प्रकाशित गरिसकिएकोले यो अवधिदेखि प्रत्येक साल सरकारी बिदा मानिँदै आइएको पनि सर्वविदित्तै छ ।

तसर्थ नेपालका आदिवासी जनजाति किरात समाजले यस महान किरात चाड ‘चासुवा’, ‘फोलष्याँदर’, ‘उभौली साकेला’ र ‘चासोक तङ्नाम’लाई किरात बरदान र शक्तिको रुपमा मान्यता दिएर नयाँ–नयाँ लुगा लगाएर देश विदेशमा रहेका आफन्तहरुको सम्मिलनमा आफ्नो मौलिक परम्परागत चाडलाई अत्यन्त हाँसी खुशीका साथ मनाउने दायित्व किरात समाजमा आएको छ ।

लेखक फाइवाली किरात साहित्यकार हुन् ।

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd