स्वालम्वन समाजको १४ औं साधारणसभामा भवन बनाउन सहयोगको घोषणा « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

स्वालम्वन समाजको १४ औं साधारणसभामा भवन बनाउन सहयोगको घोषणा


यलम्वर टाइम्स
१६ पुष २०७६, बुधबार ११:४७

साधुटार । जलेश्वर स्वालम्वन समाजको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले संस्थाका अध्यक्ष गोविन्द खतिवडालाई पुनः अध्यक्ष पदमा चयन गरेको छ ।

अर्जुनधारा–१ अन्तर्गत खारभित्ता माटेमा आयोजित सभाले उपाध्यक्ष कल्पना दाहाल, सचिव कुमार भट्टराई, कोषाध्यक्ष लोकबहादुर तामाङ रहेका छन् ।

यसरी नै सदस्यमा विष्णु निरौला, सोमराज रिजाल, हिमादेवी विष्ट, चतुर्भुज काफ्ले र माधव प्रसाई छानिएका छन् ।

सभामा सचिव कुमार भट्टराईले संस्थाको गतिविधि र कोषाध्यक्ष तामाङले आर्थिक गतिविधिबारे प्रकाश पारेका थिए ।

१४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै सामाजिक योद्धा डा. प्रल्हाद सापकोटाले समाज रुपान्तरण गर्न मानवलाई जनचेतना तथा आर्थिक उपार्जनको बाटोमा लागे सहज हुने बताए ।

प्रमुख अतिथि समेत रहेका सापकोटाले जलेश्वर स्वालम्वन समाज नाफामुखि नभइ सेवामुखि भएको हुँदा समाजमा छाप राख्न समिति अगाडि बढोस् भनी शुभकामना दिएका थिए ।

कार्यक्रममा फोनिजका प्रदेश इन्चार्ज दिपीन राई, नगरपालिका शिक्षा शाखाका संयोजक दिलीप गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही कार्यक्रममा हाल रहेको भवनलाई गुणस्तर प्रदान गर्न अध्यक्ष खतिवडाबाट ५१ हजार, कोषाध्यक्ष लोकबहादुर तामाङबाट ५० बोरा सिमेन्ट, माधव प्रसाईबाट २ बण्डिल रड, सोमनाथ रिजालबाट १० बोरा सिमेन्ट, महेश पौडेलबाट ५ बोरा सिमेन्ट, प्रदिप मित्तल, पुष्प आचार्य र रमेश निरौलबाट ४५ हजार नगद दिने घोषणा गरिएको थियो ।

साधारणसभा पश्चात वन भोजको समेत आयोजना भएको सचिव कुमार भट्टराईले यलम्वर टाइम्सलाई बताए । चतुर्भुज काफ्लेको स्वागत रहेको सभाको सञ्चालन सचिव भट्टराईले गरेका थिए ।