किरात धर्म गुरुको सकारात्मक सन्देश « Yalambar Times
८ बैशाख २०८१, शनिबार

किरात धर्म गुरुको सकारात्मक सन्देश


यलम्वर टाइम्स
१४ मंसिर २०७६, शनिबार ०५:५३

किरात धर्म गुरु अङसिमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ ले वातावरण प्रदूषणकै कारण पृथ्वीमा अनिष्ट उत्पन्न हुने संकेत दिएपछि त्यसको रोकथामको लागि सबै धर्मका गुरुहरु पृथ्वी बचाउनका लागि मानवमा सचेतना जगाउनु पर्ने सन्देश दिएका छन् । हुन त विश्व वातावरण धुमलिदै गएको बेला कुनै न कुनै दिन मानव जीवनलाई असहज उत्पन्न त हुन सक्ला । त्यस्ता अवस्थालाई चिर्नका लागि वातावरणलाई स्वच्छ राख्न धर्म संस्कृतिको पनि उत्तिकै आवश्यक भएको हुँदा किरात धर्म गुरु आत्मानन्दले सबै धर्म गुरुहरुप्रति आव्हान गरेका हुन् ।

अर्जुनधारा जलेश्वरधामको ३७ औं वार्षिक अनुष्ठानको देवासनबाट आफ्नो भनाई राख्दै गुरु आत्मानन्दले मानव कल्याणकारी काम मात्र होइन पृथ्वीमा रहेका जीवजन्तुको रक्षाको लागि पनि सचेत प्राणीले अह्म भूमिका खेल्नुपर्ने भएको हुँदा त्यसतर्फ सचेत गुरु, वौद्धिक व्यक्तित्व र सरकार चनाखो हुनुपर्ने बताए । विकासको क्रमसँगै भौतिक संरचना विध्वंश हुँदा पृथ्वीमा आइपर्ने समस्या अनगिन्ती रहेका छन् । सबै मानव आ–आफ्नै समस्यामा रुमलिदा बाह्य वातावरणको ख्याल नहुन सक्छ । त्यसैले किरात गुरु आत्मानन्दले सचेतना गराएका हुन् ।

मानव आफैमा सबैथोकका ज्ञाता नहुन सक्छ । सन्तमहन्त, गुरुहरुले दिएको दिक्षा तत्काल नपुग्न पनि सक्छ । तर, ध्रुब तारा हजारौं ताराका बीचमा सत्य सावित भए जस्तै किरात गुरुले अन्य धर्मका गुरुहरुसँग राखेको अनुरोधमा सबै धर्म गुरुहरु एक भएर अगाडि बढे पृथ्वीको आयुमात्र होइन । यसभित्र रहेका मानव, जीवजन्तुहरुको पनि रक्षा हुने देखिन्छ । विश्व आ–आफ्नै कारणबाट आत्तोताइत भइरहेको बेला किरात गुरुको सन्देश सान्दर्भीक हुन सक्छ । त्यसतर्फ सचेत रहन जरुरी छ ।