अर्जुनधारा धामको सर्वोच्च प्रशंसा « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

अर्जुनधारा धामको सर्वोच्च प्रशंसा


यलम्वर टाइम्स
८ मंसिर २०७६, आईतवार ०८:३०

यो वर्ष अर्जुनधारा जलेश्वर धामले मानव कल्याणकारी काम गरेर धार्मिक अनुष्ठानहरु मध्ये उत्कृष्ठ काम गरेको अनुभूति दर्शाएको छ । प्रायः जसो धार्मिक अनुष्ठानहरुले पुराण श्रवण गराएर आर्थिक उपार्जन गर्ने काममा मात्र समय खर्चिन्थ्यो भने अनुष्ठानसँगै मानवरुपी काम गर्न पनि सेवा हो भन्ने धारणा जलेश्वर धामले सिकाएको छ ।

त्यतिमात्र होइन, धाम, मठमन्दिर र पाटी पौवा सबैको हुनुपर्छ भन्ने लक्ष्यका साथ किरात धर्म गुरु आत्मानन्द र गुरुआमा पवित्राहाङमासँगै सयौं किरात मुन्धुमका सेवा साँवा (पुजारी) भित्र्याएर समावेशी संस्कार अगाडि सारेको छ । यसअघि पुराण उद्घाटन केही नजिकका संघसंस्था र विद्यार्थीको उपस्थितिमा हुने गरेको थियो । यो पटक फरक शैली र फरक अनुभूति दर्शाएकोमा धामको प्रशंसा बढेको हो ।

साँघुरो सोच र सानो चिन्तनमा समाज रुमल्लिनु हुँदैन भन्ने उद्देश्यले गरिएको यो कार्य सबैका लागि सकारात्मक सन्देश हो । यही सन्देशलाई आत्मासाथ गर्दै हिंडेकोले होला धाम समितिले धेरै मिहनेत गरेर यो वर्ष उत्कृष्ठ काममा उभिएको छ । धाम समितिको दुःख, कष्ट आफ्नै ठाउँमा भएतापनि मानवरुपी व्यवहारसँगै समावेशी चरित्र दर्शाउनु सफल भएकोमा धाम धन्यवादको पत्र बनेको छ ।

अर्जुनधारा धाममात्र होइन, अन्य शक्तिपीठ, धाम र मठमन्दिर पनि यस्तै शैलीमा प्रस्तुत भएर अगाडि बढोस् भन्ने आकंक्षा आम मानिसले बोकेको हुँदा त्यसतर्फ ध्यान जान धार्मिक संघसंस्थाहरुमा भगवान भोले बाबाले जागरुक्ता प्रदान गरुन् ।