कप्तनबारीमा नकआउट फुटबल हुने « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

कप्तनबारीमा नकआउट फुटबल हुने


यलम्वर टाइम्स
७ मंसिर २०७६, शनिबार ०४:२७

अर्जुनधारा । कप्तनबारी युवा क्लब अर्जुनधारा–६ ले कात्र्तिक १२ गतेबाट जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता गर्ने भएको छ ।

शुक्रबार क्लबले दीपज्योति खेल मैदानमा पत्रकार सम्मेलन गर्दै खेलमा आठ वटा टिमको सहभागिता रहने क्लबका अध्यक्ष श्याम दनुवारले जानकारी दिए ।

१२ गतेबाट १९ गते समापन हुने प्रतियोगिताको उद्घाटन खेल शनिश्चरे फुटबल र धुलाबारी ‘ए’ क्लब बीच हुने भएको छ ।

यसरी नै बिर्तामोड युनाइटेड, कप्तनबारी फुटबल क्लब, झापा एएफसी, एपीएफ झाप, यसरी नै रेडस्टार क्लब बिर्तामोड र मनास्लु युवा क्लब सहभागि रहने छन् ।

प्रथम पुरस्कार ३० हजार र द्वतीय पुरस्कार २० हजार रहने आयोजकले जनाएको छ । युवा वर्गलाई कुलतबाट मुक्त पार्न र खेललाई प्राथमिकता दिन जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता गर्न लागिएको हो ।