जनमुक्ति मञ्च साइप्रसमा तारा « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

जनमुक्ति मञ्च साइप्रसमा तारा


यलम्वर टाइम्स
२७ कार्तिक २०७६, बुधबार ०८:२८

साइप्रस । राष्ट्रिय जनमुक्ति पार्टीको प्रवास समिति साइप्रसको पहिलो अधिवेशन सम्पन्न भएको छ । राष्ट्रिय जनमुक्ति मंच साइप्रसले लिमासोल स्थित नेपाली भेटघाट रेस्टुरेन्टमा पहिलो अधिवेशन गरेको हो ।

अधिवेशनले अध्यक्षमा तारा राईलाई चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा गुडिया गुरुङ र उपाध्यक्षमा नविन राई, महासचिव खम माया पुन, सचिव अम्बिका राई र सह सचिवमा मनिला राई, कोषाध्यक्षमा सविता राई र सह कोषाध्यक्षमा खुसि राई निर्वाचित भएकी छिन् ।

यसरी नै समितिको सदस्यहरुमा विमला राई र सदस्यहरुमा सवि श्रेष्ठ, अचिता तामांग, तारा देवी राई र रमेश गुरुङ चयन हुनु भएको छ । संस्थाको सल्लाहकारमा सन्तोष मगर चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एनआएनए साइप्रस कि महिला प्रतिनिधि सरिता चौधरीले विधार्थी र हाउसमेडको समस्या बारे आफ्नो सस्थाले नेपाल सरकारको सम्बन्धित निकायमा जनाकारी गराई समस्या प्रति गम्भीर हुन आग्रह गरेको बताउदै हाउसमेडको लागि सेल्टरको रुपमा ‘सेफ हाउस’ संचालनमा आइसकेकोले समस्यामा हुनु भएका हाउसमेडले सम्पर्क गर्न सक्ने जानकारी दिइन् ।

प्रवासी नेपाली एकता मंच साइप्रसका नवराज अविजितले विधार्थीका आम समस्या प्रति स्थानीय नेपाली संघसंस्थाले ध्यान दिनु पर्ने बताउदै सहकार्य गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा जनसम्पर्क समिति साइप्रसका प्रतिनिधि कुसुम गुरुङ, संघीय लिम्बुवान सामाजिक मंच साइप्रस का प्रतिनिधि बाल कुमार लिम्बु, नेपाली संघीय समाज साइप्रसका प्रतिनिधि विष्णु लिम्बु, चितवन सेवा समाज साइप्रसका प्रतिनिधि नैना गुरुङ, नेपाल मगर संघ का प्रतिनिधि अमृता मगर, किरात याक्थुङ्ग चुम्लुङ्ग साइप्रसका अध्यक्ष सबिन सिगु, तमु समाज साइप्रसका प्रतिनिधि अंशु गुरुङ लगायतका संघसस्थाको उपस्थिति रहेको थियो ।

खममाया पुनले सञ्चालन गरेको कार्यक्रममा स्वागत गुडिया गुरुङले गरेकी थिइन् ।