अनुगमन हुन नसकेको हाम्रो बजार « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

अनुगमन हुन नसकेको हाम्रो बजार


यलम्वर टाइम्स
४ कार्तिक २०७६, सोमबार ०८:४३

खाद्य वस्तु तथा नापतौलमा अनुगमन र मापन हुननसक्दा आम उपभोक्ता तथा सर्वसाधारण मारमा परेको देखिन्छ । झट्ट हेर्दा त्यस्तो असर नदेखिएता पनि थोरै थोरै भएपनि अखाद्य वस्तुको सेवन र परम्परागत ढक तराजु वा इलेक्ट्रोनिक तराजुको यकिन र अनुगमन नहुँदा पाउनु पर्ने मूल्य अनुसारको तौलबाट उपभोक्ताहरु बञ्चित भएका छन् ।

दशैं अघि पनि यही समस्या हाम्रो सामु देखा प¥यो । राज्यले प्रतिबन्ध लगाएको उपभोग्य सामान नेपाली हाट बजारमा प्रशस्तै देखा प¥यो । सस्तो र जताततै पाउने भएकाले त्यसलाई उपभोग गर्न बाध्य बनाइयो । नेपालमा मात्र होइन भारतमा पनि प्रतिबन्धित खानेतेल, मसला, समय नाघेका चना, मटर, न्यूटेला जस्ता वस्तु पाइयो । शरीरलाई पत्यक्ष असर पार्ने सूर्तीजन्य अखाद्य वस्तु र सुगन्धित अगरबत्ति पनि नेपाली बजारमा भेटियो ।

यतिका समस्या हाम्रो बजारमा हुँदापनि स्थानीय सरकार वा बजारलाई अनुगमन र मूल्याङ्कन गर्ने संघसंस्था अन्धो वा कानमा तेल हालेर आफ्नो जिम्मेवारीबाट पन्सिन्छ भने सर्वसाधारणले कसलाई पर्खने । झापामा बजारलाई हेर्ने र अनुगनम गर्ने उपभोक्ता मञ्च पनि जिवित छ । स्थानीय सरकार त्यतिकै सक्रिय छ । प्रहरी, बाणिज्य र सचेत संघसंस्था हुँदाहुँदै पनि चलयमान स्थानीय सरकार चुप लाग्नुको पछाडि के रहस्य छ ? होईन भने चाडपर्वको बीचमा बजार अुनगमन गरी सर्वसाधारण जनतालाई न्याय दिन पछी हट्नु हुन्न ।