बिरिङ नदीमा स्काभेटर नहाल्न जनताको माग « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

बिरिङ नदीमा स्काभेटर नहाल्न जनताको माग


यलम्वर टाइम्स
४ आश्विन २०७३, मंगलवार ११:३७

14407654_822468097890184_2043172558_nशनिअर्जुन / बिरिङ नदीमा ठेकेदारले उलर्दो भेलमै स्काभेटर हालेर बलुवा र ढुंगा निकासि गरेपछि खोला किनारका जमिनहरु सुक्दै गएको कारण स्काभेटर नहाल्न भनि पीडितहरु बीच एक संघर्ष समिति निर्माण भएको छ ।

बिरिङ नदीको ठेक्का २ करोड ५२ लाख ५० हजारमा लागेपछि ठेकेदारहरुले रातारात स्काभेटर हालेर बलुवा निकाल्न तिव्र गतिमा लागेका थिए । बलुवामात्र निकालेनन् ठेकेदार मार्फत ढुंगा, गिटी निकाल्दै ट्रिपरमार्फत बाहिर निकासी गर्दा बिरिङ नदी नजिकका कुवा, कुलेसो र धानहरु सुक्दै गएपछि त्यसो नगर्न संघर्ष समिति निर्माण भएको हो ।

स्काभेटरले खोला गहिरो पारेको र छेउ छाउका अन्नबाली जमिन सुक्दै गएको हुँदा मंगलबार बिरिङ नदीको किनारमा भेला भएका नदी पीडितहरुले एक अन्तरक्रिया गर्दै खोला संरक्षण समिति निर्माण गरेका हुन् ।

समितिको अध्यक्षमा राजेश जवेगु, उपाध्यक्षमा सेवन ढकाल, सचिवमा मदन थाम्सुहाङ, सहसचिवमा शान्तिमर्म कोइराला र कोषाध्यक्षमा जमुना राई रहेका छन् । यसरी नै सदस्यहरुमा दुर्गा बुढाथोकी, गजेन्द्र राई, खगेन्द्र दनुवार, राजकुमार गिरी, दुर्गा मगराति, देवीप्रसाद खाती रहेका छन् ।

सोही दिन खोला संरक्षण समितिलाई सही दिशामा डोहो¥याउनको लागि चक्र तामाङको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । सदस्यमा मदन दुनवार, रुपदास राई, सुशिला दनुवार र टंक घिमिरे रहेका छन् ।

समिति निर्माण हुनु अघि अन्तरक्रियामा ठेकेदारका तर्फबाट नेत्र गौतमले राज्यले नै ३ महिना बन्द गराएर २ करोड ५२ लाखमा खोला ठेक्का लगाउँछ, खोला ठेक्का लगाएपछि उक्त रकम खोला पीडितहरुलाई नभई अन्य क्षेत्रमा खर्चिने हुँदा ठेक्का लागेको सो रकम बिरिङ नदी पीडित क्षेत्रमा लगाउन जोडदार आवाज उठाउनु पर्ने बताए ।

अर्का निर्माण व्यवसायी शेरबहादुर थापाले नदी पीडितहरुको गुनासो राज्यले सुनेर सहयोग गर्नुपर्ने र ठेक्का लाग्यो भन्दैमा नियम अनुसार रहेर बलुवा निकाल्नु पर्ने बताए ।

कार्यक्रममा हलुवागढ सामुदायिक वनका अध्यक्ष चक्र तामाङले बिरिङ जलाधारको मापदण्डलाई त्यागेर जथाभावी बालुवा, गिटी निकाल्दा जनता मारमा परेको बताए ।

स्थानीय युवा राजेश जवेगुको सभापतित्वमा भएको कार्यक्रममा एक सयभन्दा बढी खोला पीडितहरुको उपस्थिति रहेको थियो । मदन थाम्सुहाङले सञ्चालन गरेको कार्यक्रममा सबैले जथाभावी स्काभेटर खोलामा नहाल्न राज्यसँग जोडदार माग गरेका थिए ।