वीपीको विचारलाई व्याख्या गर्न नसक्दाको परिणाम « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

वीपीको विचारलाई व्याख्या गर्न नसक्दाको परिणाम


यलम्वर टाइम्स
२ आश्विन २०७६, बिहीबार ०५:०९

संसार विचारले चलेको हुन्छ । सही विचार र सही सिद्धान्त जसले प्रतिपादन गर्छ र जनतामाझ जान सक्छ, संसार उसैको हुन जान्छ । आज बाहिरका प्रख्यात माक्सले प्रतिपादन गरेको विचारले हाम्रो मुलुक चलेको हामी पाउँछौ । माक्सवादी सिद्धान्तले कतिको विकास गर्नै हो त्यो त भविष्यले नै दर्शाउने छ । तर पछिल्लो पटक समाजवादलाई दुइ तिहाई सरकारले अंगिकार गरेको हुँदा मुलुकलाई पाँच वर्ष सम्हाल्न सिंहदरबार छिरेका हुन् । जनताले मत जाहेर गर्न पुगेका हुन् ।

राणाकाल खण्ड अन्त्य गर्न त्यसबेला सबै जागे, कोही कम्युनिष्ट भएर त कोही प्रजातान्त्रिक समाजवाद भए । अन्ततोगत्वा राणा शासनलाई धपाईयो । त्यसरीनै पञ्चायतलाई पनि । हुँदा–हुँदा राजाको शासन पनि ढल्यो । यो अवस्था जगाउनु पनि विचारबाटै हुन पुग्यो । विचारकै कारण गाउँ–गाउँबाट उठे, वस्ती वस्तीबाट तातिए । कसले कति विचार पोखे कुन सिद्धान्तको विचार बढी छरे त्यसैको शक्ति बढ्ने हो । आज त्यही हुन पुगेको छ, नेपाली राजनैतिक दलहरुमा ।

चर्चा गरौं १०६ औं वीपी जयन्तीको । आज वीपीको विचार नेपालमा नजन्मिने हो भने कांग्रेस पनि जन्मने थिएन । हुन त वीपीले पनि माक्सनिजमको थेउरी तानेका हुन भन्ने आरोप त छ नै ।, तर त्यसलाई सजिलै पत्याउने कुरा हुँदैन । समाजवाद आफैमा सामाजिक चरित्र बोकेको वाद हो । त्यसमा पनि नेपाली परिवेशमा अझै पनि आवश्यक छ । वीपीले यस्तै भाव बोकोर गाउँसम्म पु¥याएका हुन् । तर वीपीको समाजवादलाई कार्यकर्ताहरुले राम्रो व्याख्या राम्रो नगर्दा आज कांगे्रस पछि परेको आफै स्वीकार छन् ।

वीपीले भनेका छन्, गरिबलाई जागिर, एक माउ गाई र एक हल गोरुसहित जग्गा । आज त्यस्तो विचार कुन कांग्रेसले गाउँसम्म व्याख्या गर्दै हिंडेको छ त ? त्यतिमात्र होइन समाजवादभित्र त्यस्ता धेरै जीवन उपयोगी विचारहरु छन् । त्यसको व्याख्या कहाँ कुन कति ठाउँमा भएको छ त ? । जबसम्म गाउँ–गाउँमा वीपीको मिलमिलाप सिद्धान्त प्रयोगमा ल्याईदैन तबसम्म जति औं जन्मजयन्ती मनाए पनि कुनै अर्थ लाग्दैन । दोस्रो जगरण अभियाने वीपीका विचारलाई पनि छर्न सकोस । जसको कारण मुलुकको विकासमा कांगे्रसको पनि हात रहन पुग्छ ।