अर्जुनधारा अब विकासको गतिमा लम्कनु पर्छ « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

अर्जुनधारा अब विकासको गतिमा लम्कनु पर्छ


यलम्वर टाइम्स
१५ भाद्र २०७६, आईतवार १०:४१

नेपाली समाज हो, विकासको गति एक्कै पटक अगाडि बढ्न सक्दैन । बढे पनि राम्रो हुन्न र परिणाममुखि बन्न कठीन छ । त्यसैले बिस्तारै विकासको काममा लाग्नु बाहेक अन्य उपाय पनि देखिदैन । विकासको दौडमा लम्कदै गरेको अर्जुनधारा अब नयाँ चालु बजेटसँगै परिणाममुखि काममा लम्कनु पर्ने हुन्छ । जनताको इच्छा आकांक्षा परिपूर्ति गर्न बनेको स्थानीय सरकार त्यसतर्फ केन्द्रित भएन भने ठाउँ–ठाउँबाट आलोचित हुन बाहेक अरु केही कुरा उठाउन सक्दैन ।

अर्जुनधारा नगरपालिका विकासको राम्रो एजेन्डासँगै वडामा राम्रा कामहरु गर्दै आएको नगर पनि हो । यहाँ कसले कति काम ग¥यो त्यो त हेर्न बाँकी नै छ । तर पनि काम भने वडा–वडामा हँुदै आएको देखिन सकिन्छ । वडामा केही लोभीपापी मन नभएका भने होइन रै पनि विकासका नाममा धेरै काम छिनेर आएको छ । यतिका काम भएको ठाउँमा अब अझ प्रभावकारी ढङबाट वडालाई डोहो¥याउँन सके निर्वाचित स्थानीय सरकारको हैसियत राम्रो देखिने थियो । सरासर भन्ने हो भने जनतालाई काम गरेर देखाउने समय अब त्यति धेरै छैन ।

अबको एक वर्षपछि चुनावी माहोल देखापर्न थाल्छ । अनि को कति, कसको पल्ला भारी भन्ने कुराहरु उठ्न थाल्छ । त्यसैले पनि विकासको काम बाहेक अरु कुरामा अल्झीनु हँुदैन । मिडियामा स्थानीय सरकारका केही जनप्रतिनिधि लाजै नमानी बालुवा कुम्लाएर कोठा बनाएकोसम्मको समाचार आयो । यस्तो हर्कतले स्थानीय निकायमाथि प्रश्न उब्जन्छ । त्यसैले विकासका काम बाहेक अरु तिर ध्यान दिने कार्यमा सोच्नु हुन्न स्थानीय सरकारले ।