व्यासाचार्य गुरुको घरैमा उपचार « Yalambar Times
१५ चैत्र २०८०, बिहीबार

व्यासाचार्य गुरुको घरैमा उपचार


यलम्वर टाइम्स
१ आश्विन २०७३, शनिबार ०४:२३

guruशनिअर्जुन / पुराणका व्याख्याकार तथा अर्जुनधारा जलेश्वरधामका व्यासाचार्य आचार्य पुष्पलाल निरौलाको घरैमा उपचार भइरहेको छ ।

विगत ४ महिनादेखि ब्रेन ट्युमरको अप्रेशन गरेर औषधि उपचार गर्दै आएका व्यासाचार्य निरौला हाल घरैमा आराम गरिरहेको सचेत युवा मञ्चका अध्यक्ष चतुर्भुज काफ्लेले बताए ।

अर्जुनधारा जलेश्वरधामलाई पूर्वकै पशुपतिनाथ भनेर कहलाउँने आचार्य निरौला भएको हुँदा अर्जुनधारा धाममा उनको ठूलो योगदान रहेको बताइन्छ । उनी संस्कृतिक वेद शिक्षालाई व्यापक गर्नका लागि महर्षि वेद विद्या फाउण्डेशनको कुलपति भएर काम गरिरहेका छन्