भानु माविका सिजन बने नेपाल प्रथम « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

भानु माविका सिजन बने नेपाल प्रथम


यलम्वर टाइम्स
११ श्रावण २०७६, शनिबार ०४:४४

बिर्तामोड । सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा तेक्वान्दोका सिजन बुढाथोकी नेपाल प्रथम भएका छन् ।

बुढाथोकीले ५१ केजी तौल समूहबाट स्वर्ण पदक प्राप्त गरेका गर्दै नेपाल प्रथम बनेका हुन् । उनी अर्जुनधारा–५ स्थित भानु माविमा कक्षा १० मा अध्ययनरत छन् ।

बुबा जनक र आमा गोमा बुढाथोकीका पुत्ररत्न सिजनले २०७१ साल माघदेखि तेक्वान्दो खेल जीवनको सुरुवात गरेका थिए ।

छोटो समयमै ब्ल्याक बेल्ट प्राप्त गर्न सफल अनुशासित खेलाडीको रुपमा रहेको तेक्वान्दोका गुरु कुमार भट्टराईले बताए ।