मानव बस्तीमा सिग्देलको मनोनेट प्रवेश « Yalambar Times
६ चैत्र २०८०, मंगलवार

मानव बस्तीमा सिग्देलको मनोनेट प्रवेश


यलम्वर टाइम्स
२० जेष्ठ २०७६, सोमबार ११:५०

बिर्तामोड । लेखन अभ्यासबाट खारिदै आएका पत्रकार तीर्थ सिग्देलको मनोनेट सोमबारबाट आम पाठकमा पुगेको छ । सिग्देलले आफ्नो जन्मदिनको अवसर पारेर उक्त कथा संग्रह बजारमा ल्याएका हुन् ।

सोमबार मिडिया रिसर्च सेन्टरमा कवियत्री भवानी क्षेत्रीले कथा संग्रह मनोनेट विमोचन गरेकी हुन् । प्रमुख अतिथि समेत रहेकी क्षेत्रीले कथाले एकले अर्काको मनको भावना समेट्न सक्ने पुस्तक रहेको बताइन् । उनले कथा अग्र्यानिक र भावनासँग जोड्न सक्ने प्रस्ट्याइन् ।

दुई दशकदेखी पत्रकारितामा कृयाशिल सिग्देलको नयाँ कथा संग्रहमा २२ कथा संग्रहित छन् । विमोचन समारोहमा पत्रकार दिपीन राईले पुस्तक प्रकाशन बारे शुभकामना दिँदै यथार्थपरक कथाहरु कालझै हुने बताउँदै मोफसल बाहिरबाट लेखिएका कथाहरु चर्चामा नआए पनि कसैले कसैको मन छुन सक्ने बताए ।

अर्का पत्रकार कृष्ण हुमागाईंले कथा सृजना गरेर आम पाठकलाई झकझकाउने काममा पत्रकार सिग्देल अगाडि रहेको बताए ।

कार्यक्रममा लेखक सिग्देलले शब्दकोशमा नभएको शब्द मोनेटलाई दुई मान्छे बिचको भावना बुझ्ने नेटका रुपमा व्याख्या गरेका छन् । सिग्देलले भने – एउटा मान्छेको मन नबोलीकन कसरी बुझिन्छ थाहा पाइन्छ ।

झापाका पत्रकारलाई सहभागी गराएर उनले तेस्रो पुस्तक सार्बजनिक गरेका हुन् । कार्यक्रम सञ्चालन भने रिसर्च सेन्टरका सन्तोष आचार्यले गरेका थिए ।