सिक्किममा चाम्लिङलाई पछि पार्दै गोले अगाडि « Yalambar Times
१६ चैत्र २०८०, शुक्रबार

सिक्किममा चाम्लिङलाई पछि पार्दै गोले अगाडि


यलम्वर टाइम्स
१० जेष्ठ २०७६, शुक्रबार ०५:५३

ग्यान्टोक । ५ पटक चुनाव जितेर सिक्किमको नेतृत्व गरिरहेका पवनकुमार चाम्लिङ यो पटक भने पछि परेका छन् ।

गत सम्पन्न निर्वाचनमा सिक्किम डेमोक्रेटिक फ्रन्टले क्रान्तिकारी मोर्चासँग चुनावी मैदानमा उत्रिएका थिए ।

चुनावमा ३ सिटको अन्तरले सिक्किम डेमोक्रेटिक फ्रन्टलाई पछि पार्दै क्रान्तिकारी मोर्चाको पीएस गोले यो पटक सत्तामा पुग्न सफल भएका छन् ।

जम्मा ३२ सिट मध्ये एसडीएफले १४ सिट विजयी भएको छ भने एक सिटमा अग्रता हासिल गर्दै आएको छ ।

यस्तै क्रान्तिकारी मोर्चाले १७ स्थान विजय हासिल गरेको छ । भाजपासँग सहयोग गरेको यो दलले लोक सभामा एकमात्र सिट पनि जितेको छ ।

गोलेको दल २०१३ मा स्थापना भएको हो । सिक्किममा सबैभन्दा लामो समय चाम्लिङ सरकारले सत्ता चलाउँदै आएको थियो ।

चाम्लिङ सरकारले २००४ मा ३१, २००९ मा ३२ र २०१४ मा २२ सिट जितेको थियो ।
चाम्लिङ सन् १९९४ देखि सिक्किमलाई हाक्दै आएका थिए ।