तपाईको बच्चाको आँखामा त छैन यस्तो समस्या ? छ भने यसो गर्नुहोस् « Yalambar Times
२ बैशाख २०८१, आईतवार

तपाईको बच्चाको आँखामा त छैन यस्तो समस्या ? छ भने यसो गर्नुहोस्


यलम्वर टाइम्स
२८ माघ २०७५, सोमबार ०८:५४

[राजेश कुुमार चौरसिया]
मेची नेत्रालय

सामान्य भाषामा, आँखा र मस्तिष्कलेसँगै कार्य नगर्दा उत्पन्न हुने समस्या नै अल्छी आँखा हो । जसमा दुई ओटा आँखा मध्ये कुनै एउटा आँखाको वा दुईटै आँखाको दृष्टि कम भएको हुन्छ, जुन चश्मा, औषधी वा शल्यक्रियाले पनि सामान्य दृष्टि भएको आँखा जस्तो बनाउन सकिदैन, त्यस्ता आँखालाई नै अल्छी आँखा भनिन्छ ।

यो बच्चा अवस्थामा मात्र देखा पर्दछ । बच्चाहरु जति सानो हुन्छन् सुस्त आँखा त्यतिनै बढी हुने सम्भावना रहन्छ । यो प्राय एउटै आँखामा हुने गर्दछ तर कहिले काँही दुईटै आँखामा पनि देखा पर्ने गर्दछ । संसारमा झण्डै २–४ प्रतिशत बच्चाहरुको आँखामा यो समस्या देखा परेको छ ।

यस तथ्य अनुुसार अल्छी आँखा बच्चाहरुमा धेरै हुने भएता पनि यसको पहिचान गर्न भने गाह्रो हुन्छ । त्यसैले प्रत्येक वर्ष आ–आफनो बच्चाहरुको आँखाको दृष्टि जाँच अनिवार्य रुपले गर्नुपर्छ ।

कस्तो बच्चाको आँखा अनिवार्य जाँच गर्नुपर्छ ?

– टेलिभिजन नाजिक गएर हेर्ने
– टाउको टेडाें गरेर टाढा हेर्न
– आँखा सानो पारेर हेर्ने
– लेखपढ गर्दा आँखा नजिकबाट गर्ने
– आमा बुबाको आँखा टेडाें भएको बच्चाहरु
– आमा तथा बुबाले मोटो पावरको चस्मा लगाएका बच्चाहरु
– टेडाें आँखा भएका बच्चाहरु
– टाउको दुख्ने समस्या भएका
– अल्फावेटहरु पढ्न कन्फीज् हुने बच्चाहरु
– विस्तारै लेखपढ गर्ने बच्चाहरुमा
– गृहकार्य गर्न अटेरी गर्ने बच्चाहरु
– टाढाबाट आमा बुबालाई चिन्न नसक्ने
– खेल्दा सामानहरु राम्ररीसँग टिप्न वा खेल्न नसक्ने

अल्छी आँखाका प्रकारहरु

स्टिमुलस डेप्रिभेशन (Stimulas deprivation)

यो प्रायः जन्मजात समस्याहरु जस्तै मोतिविन्दु, आँखाको माथिलो ढकानी तल झरेको, आँखाका नानीमा फुलो पर्नु, सेतो पर्नु, आँखाभित्र कम उमेरमा घाउ हुनु जस्ता रोगहरूले गर्दा हुन्छ ।

स्ट्रविस्मिक एम्व्लीओपीया (Strabismic amblyopia) (आँखा टेडाें)

आँखा टेडों हुदा त्यस आँखाको मस्तिष्कसँगको को–अर्डिनेशनमा असर पर्छ, जसले गर्दा टेडों आँखाको दृष्टिमा कमी हुन्छ र त्यो आँखा सुस्त भएर जान्छ ।

एनीसमट्रोपिक एम्व्लीओपीया (Anisometropic amblyopia)

दुई आँखाको पावर फरक पर्नु । एउटा आखाँ भन्दा अर्को आखाँको पावर धेरै बढी (3.00D) भन्दा बदी भएको आँखा सुस्त हुन्छ ।

अमेट्रोपिक एम्व्लीओपीया (Ametropic Amblyopia)

दुई ओटा आँखाको पावर धेरै बढी प्रायः 6.00D भन्दा बढी हुनु, जस्ले गर्दा दुईटै आँखा सुस्त हुन्छ ।

यो विभिन्न कारणहरुले गर्दा दृष्टिको विकासमा समस्या हुन्छ । जसले गर्दा वाइनोकुलर भिजनमा कमि भएर मस्तिष्कसँग आँखाको कोअर्डिनेशनमा कमी हुन्छ र कम देख्ने आँखा सप्प्रेशनमा जान्छ ।

अल्छी आँखाको उपचार

नियमित रुपमा बच्चाहरुको आँखा जाँच गर्नु नै यो रोग हुनुबाट बच्ने सबभन्दा सरल उपाय हो । अल्छी आँखा छ भनी थाहा पाई सकेपछि अल्छी आँखाको उपचार सकेसम्म छिटोभन्दा छिटो सुरु गर्नुपर्छ । सुस्त आँखाको उपचार एकदम सरल छ । यो प्रविधि घरमै बसेर गर्न सकिन्छ ।

बच्चा जति सानो छ, सुस्त आँखाको देख्ने क्षमता दृष्टि राम्रो हुने सम्भावना पनि उतिनै बढी हुन्छ ।

यस उपचार प्रविधिलाई एम्व्लीओपीया थेरापी पनि भनिन्छ । आँखा अस्पताल गई बच्चाहरुको आँखाको जाँच पूर्ण रुपले गराउनु पर्दछ ।

अल्छी आँखाको उपचार पद्धत्ति

चश्माका प्रयोग

– आँखा कमजोर भएमा अनिवार्य रुपले चश्माको प्रयोग गर्नुपर्छ ।

Occlusion tharapy

– यो एकदम सरल र धेरै फलदायक उपचार प्रविधि हो । प्रायः चश्माको प्रयोग गरेको एक महिनापछि patching tharapy को सुुुरुवात गरिनछ ।

यस प्रविधिमा राम्रो दृष्टि भएको आँखामाथि टेप जस्तो पयाड लगाएर छोपिन्छ र त्यसमाथि चश्मा लगाउन सल्लाह दिईन्छ । जसले गर्दा कम देख्ने (सुस्त आँखा) मात्र खुल्ला हुन्छ, फलस्वरुप कम देख्ने आँखामा विस्तारै दृष्टि वा देख्ने क्षमताको विकास हुन्छ ।

यो प्रविधिले ८ देखि १२ वर्ष सम्मको बच्चालाई बढी फाइदा हुन्छ तर विभिन्न रिसर्च खोजकर्ताहरुको अनुसार १७ वर्षसम्मको बच्चालाई पनि फाइदा हुने सम्भावना हुन्छ भनिएको छ ।

Amblyopic Vision Therapy

कम्पुयटर प्रविधिद्धारा दिने थेरापी हो ।

सुस्त आँखाको amblyopia therapy गर्दा बच्चालाई प्राय हरेक ३।३ महिनामा आँखाको उपचार गर्न अस्पताल गईराख्नु पर्छ ।

यस्तो आँखाका उपचार प्रविधि मेची नेत्रालय आँखा अस्पतालमा उपलब्ध छ ।

(साराशं – विभिन्न किताबहरु तथा jaurnal हरुबाट समेटेर तयार पारिएको हो ।)