खुदुनाबारीलाई सुन्दर बनाउन सबै लाग्न आग्रह « Yalambar Times
८ बैशाख २०८१, शनिबार

खुदुनाबारीलाई सुन्दर बनाउन सबै लाग्न आग्रह


यलम्वर टाइम्स
३२ श्रावण २०७३, मंगलवार १३:०२

khudunabariखुदुनाबारी / खुदुनाबारी गाउँ विकास समितिको ०७२/७३ को वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।

समिक्षा गोष्ठीमा गाविसका सचिव तुलसीप्रसाद भण्डारीले ०७२/७३ को प्रतिवेदन पेश गर्नका साथै वार्षिक योजना कार्यक्रम प्रगति विवरण सामाजिक सुरक्षा, पेश्की वेरुजु भुक्तानी जस्ता प्रतिवेदन पेश गरेका थिए ।

स्थानीय पार्टी प्रतिनिधि तथा विभिन्न संघसंस्था र बुद्धिजीविहरुमाझ भएको समिक्ष गोष्ठीमा खुदुनाबारीलाई सुन्दर र नमुना गाविस बनाउन सबै लाग्नु पर्नेमा समेत सचिव भण्डारीले आह्वान गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका जीवन भण्डारी, बाबुराम बुढाथोकी, नेकपा एमालेका बमबहादुर कार्की, राप्रपा नेपालका इन्द्रबहादुर बढाथोकी, राष्ट्रिय जनमुक्ति पार्टीका झलक याम्फू, राप्रपा मेधेनि चापागाईँ, नरेश खनाल, बुद्ध बराईली, महिला प्रतिनिधि बुद्धमाया एक्तेन, कृष्णकुमारी ढुंगेल, इन्दिरा अधिकारी, बेलमाया शर्मा, पूर्व गाविस उपाध्यक्ष नरबहादुर कन्दङ्वा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको स्वागत चुडामणि खनाल र सञ्चालन गाविस सूचना प्रमुख खगेन्द्र लिङ्देनले गरेका थिए भने समिक्षामा उठेका सवालको जवाफ सचिव भण्डारीले दिएका थिए । कार्यक्रममा सुधार गरिने बाटोहरु र सुझाव गाविसका प्राविधिक कमलराज पौडेल र पशु प्राविधिक घनेन्द्र पराजुलीले गरेका थिए ।