दोषीलाई कारबाही हुन्छ : प्रम ओली « Yalambar Times
६ चैत्र २०८०, मंगलवार

दोषीलाई कारबाही हुन्छ : प्रम ओली


यलम्वर टाइम्स
१० भाद्र २०७५, आईतवार ०७:१७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

घटनाका बिषयमा प्रधानमन्त्री ओली र नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानआकर्षण गर्न आएका नेकपाकातर्फबाट कैलाली र कञ्चनपुरका सांसद र तथा नेकपाका केन्द्रीय सदस्यहरुसँग कुरा गर्दे प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले घटनालाई सरकारले गम्भिर रुपमा लिएकोले छानविन समिति गठन गरेर काम अघि बढाएको बताए । ‘यस घटनाको आवरणमा हिंसा भड्काउने प्रयास भएका छन् । यसमा सरकार गम्भिर छ’ प्रधानमन्त्री ओलीले भनेका छन् ‘यस्ता व्यक्तिहरुको पहिचन गरी कारबाही गर्न र स्थितीलाई सहज बनाउन सुरक्षा निकायलाई निर्देशन दिइसकिएको छ ।’

घटनामा आशंका गरिएका व्यक्तिहरुलाई अनुसन्धानको घेरामा ल्याउन र दोषी भए कडा कानूनी कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन छ । प्रधानमन्त्री ओलीले आन्दोलनको बहानामा व्यक्तिगत र सार्वजनिक सम्पतीको तोडफोड गर्नेलाई कानून बमोजिम कारबाही गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

नेकपाका स्थायी समिति सदस्य भिम रावलको नेतृत्वको टोलीले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई आज बालुवाटारमा भेटेर घटनाको बारेमा जानकारी गराउँदै दोषी पत्ता लगाउन र कारबाही गर्न माग गरेको थियो ।