बडिबिल्डीङ र फिट्नेश प्रतियोगितामा झापा जिल्लाकै प्रतिनिधित्व गर्दै ग्यालेक्सीका तीन खेलाडी « Yalambar Times
६ चैत्र २०८०, मंगलवार

बडिबिल्डीङ र फिट्नेश प्रतियोगितामा झापा जिल्लाकै प्रतिनिधित्व गर्दै ग्यालेक्सीका तीन खेलाडी


यलम्वर टाइम्स
३ भाद्र २०७५, आईतवार ०९:२३

अर्जुनधारा । शारिरीक सुगठनको क्षेत्रमा अवल्ल स्थान ओगट्दै आएको बिर्तामोडको ग्यालेक्सी फिट्नेशले झापा जिल्लाकै प्रतिनिधित्व गर्दै काठमाण्डौ र पोखरामा हुने विभिन्न प्रतियोगितामा आफ्ना तीन खेलाडीलाई सहभागि गराउने भएको छ ।

मंगलबार फिट्नेश परिषरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगमी भदौं १ र २ गते काठमाण्डौमा हुने मिस्टर एभरेष्ट शारिरीक सुगठन प्रतियोगिता, भदौ १५ र १६ गते पोखरामा हुने मिस्टर बुल्समेन र असोज १९ र २० काठमाण्डौमै हुने मिस्टर धर्मश्री प्रतियोगितामा ग्यालेक्सीबाट ललित धिमाल, प्रकाशचन्द्र चौधरी र उमेश राईलाई सहभागि गराउने भएको टिम म्यानेजर तथा फिट्नेशका सञ्चालक चन्द्र राना ‘लाफा’ ले बताए ।

सञ्चालक लाफाले विगतका दिनहरुमा ग्यालेक्सी फिट्नेशले यस्ता विभिन्न खाले शारिरीक सुगठन प्रतियोगिताहरुमा सहभागिता सहित उपाधि हात पार्दै आएको स्मरण गर्दै यस पटक पनि उपाधि हात पार्ने विश्वास व्यक्त गरे ।

उनले प्रतियोगितामा सहभागिता जनाउनका लागि बिर्तामोड र अर्जुनधारा नगरपालिकाले आर्थिक सहयोग प्रदान गरेकोमा विशेष धन्यवाद दिएका थिए ।

कार्यक्रममा युवा व्यवसायी आशिष वनले युवाहरु कुलतमा फसिरहेको बेला ग्यालेक्सी फिट्नेशले शारिरीक क्रियालापमा सक्रिय गराउँदै विभिन्न प्रतियोगतामा सहभागि गराउनु सकारात्मक भएको बताए । व्यवसायी वनले प्रतियोगितामा सहभागि खेलाडीहरुलाई जीतको अग्रीम शुभकामना दिएका थिए ।

सोही अवसरमा यूएफसी दि फेसन जोनका वोरिस उदासले टिम म्यानेजर लाफालाई ७ थान ट्रयाक सुट हस्तान्तरण गरेका थिए । फिट्नेश सञ्चालक सन्दिप शेर्माको अध्यक्षतामा भएको कार्यक्रममा रोहित गजमेयर, प्रेम राजवंशी लगायतको आतिथ्य रहेको थियो ।

प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुलाई सोही दिन अतिथिहरुले खादा ओढाएर सम्मान गर्दै बिदाई गरेको सञ्चालक शेर्माले बताए । कार्यक्रमको सञ्चालन भने सञ्चारकर्मी तुलसी निरौलाले गरेका थिए ।