बौद्ध धर्म र हिन्दू धर्मबीचको दूरी « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

बौद्ध धर्म र हिन्दू धर्मबीचको दूरी


यलम्वर टाइम्स
१ श्रावण २०७५, मंगलवार ०९:२८

आजसम्म प्रचलित विश्वका कुनै पनि धर्मका देवताहरुमध्ये महावीर बुद्ध जेठा हुन् । विश्वमा पहिलो पटक वैज्ञानिक दृष्टिकोण राख्ने चिन्तक भगवान् बुद्ध नै थिए । उनले प्रष्ट भनेका छन् कि –‘संसारका प्रत्येक वस्तु परिवर्तनशील छन् र वस्तुको जन्म कारण (cause) र प्रभाव (Effect) बाट हुन्छ । जन्मेपछि मृत्यु अपरिहार्य छ ।’ यो दृष्टिकोणलाई आजका सबै वैज्ञानिकहरुले स्वीकार गरेका छन् । तर तत्कालिन ब्राम्हणहरुले ‘वस्तुको परिवर्तन र मृत्युलाई ईश्वरमा निर्भर’ भन्दै ‘जन्म, ईश्वरको दृष्टिकोण हो’ भने यसरी अवैज्ञानिक र गलत सिद्धान्तको प्रतिपादन मात्र हैन, ‘मानिस मुखबाट जन्मिन्छ ।’ जस्ता हाँस्यस्पद विचार ब्राम्हणहरुले प्रतिपादन गरे ।

भगवान् बुद्धले वैशालीमा भद्दिय लिच्छवीलाई भन्नुभएको थियो –‘भद्दिय, कसैले नौलो कुरा भन्दैमा पत्यार नगर्नु, ग्रन्थमा छ भन्दैमा, तार्किक छ भन्दैमा, राम्रो छ भन्दैमा, मतानुकाल छ भन्दैम स्वीकार नगर्नु, मान्छे राम्रो छ वा गुरुले भनेको भन्दैमा विश्वास नगर्नु । पहिले आफैंले विचार गर कि त्याये कुराले हित हुन्छ कि हुँदैन । दुःख कम हुन्छ कि हुन्न । आफ्नो विवेकले जे ठीक देख्छ, त्यहीं गर्नुपर्छ । भनी वैज्ञानिक दृष्टिकोण राखेका थिए तर ब्राम्हणहरुले आँखा चिम्लेर “ईश्वर” र “भाग्य” मा विश्वास गर्ने निष्कृय र गलत विचारको प्रचार गरे ।
प्रसिद्ध बौद्ध, भिक्षु महाकश्यपले “सांख्यसिद्धान्त” प्रतिपादन गरी प्रत्येक भौतिक तत्व ‘अणु’ को योगबाट निर्माण हुन्छ भनी भौतिकवादी वैज्ञानिक दृष्टिकोण राखेका थिए । आजका वैज्ञानिकहरु यस कुरालाई सत्य नै मान्दै आएका छन् तर ब्राम्हणहरुले बौद्ध धर्मलाई नास्तिक धर्म भनी विरोध गरेर कुनै पनि तत्वको अस्तित्व ‘ईश्वर इच्छा’ मा निर्भर रहन्छ भनी अवैज्ञानिक दृष्टिकोण राखी नानाभरिका अमानवीय ग्रन्थहरु रचे ।

वास्तवमा बौद्ध विचारधारको विरोधमा यी ग्रन्थहरु रच्नुपर्ने कारण पनि देखिन्छ । बुद्ध स्वयं एउटा सांसरिक मानिस भएकोले तत्कालिन मानिसहरुले विदेशी आर्यहरुको काल्पनिक मानिस (आर्य देवताहरु) लाई विश्वास गरेका थिए । बुद्ध एउटा वास्तविक मानिस भए तापनि श्रद्धावश मानिसहरुले बुद्धलाई देवतूल्य स्वीकार गरका थिए । त्यसैकारण सांसारिक देव तूल्य बुद्धसँग प्रतिरोध गर्न हिन्दू आर्यहरुले पनि राम र कृष्ण जस्ता सांसारिक व्यक्तिहरुको जीवनीलाई देवतूल्य व्याख्या गरी महाभारत र रामायण रचना गरेका हुन् ।

आर्य ब्राम्हणहरुले बुद्धको दाँजोमा कृष्णलाई उम्याएर कृष्णलाई मानिसको रुपमा ईश्वरको अवतार घोषित गरे एवम् सम्पूर्ण नीति वचनहरु कृष्णको मुखबाट कहलाए । यदि बौद्ध धर्मका प्रवर्तक गौतम बुद्ध वास्तविक मानिस नभई हिन्दूहरुको झैं काल्पनिक ईश्वर भएको भए सायद महाभारत र रामायणको रचना यो रुपमा नआउन पनि सक्थ्यो होला । किनकि, पुनर्जन्म आत्म–अनात्मा, ईश्वर र स्वर्ग एवम् नर्कको व्यापक व्याख्या वेदहरुको आधारमा उपनिषदमा भइसकेको थियो उपनिषदमा पनि प्रशस्त काल्पनिक देवीदेवताहरुको कल्पना गरियो तर पनि जनविश्वास जित्न नसकेपछि मात्र वास्तविक मानिसको प्रतिरोधको लागि हिन्दूहरुले केही वास्तविक मानिसलाई धार्मिक ईश्वरीय रुप दिई यी महाकाव्यहरु रचेको देखिन्छ ।

बुद्धको उपदेशको ठीक उल्टो विचारधारा यी हिन्दू आर्यहरुले प्रचार गरे । कुनै पनि बौद्ध साहित्यमा लडाई र हिंसायुक्त कथा कहानी पाइँदैन र बुद्धको ज्ञानोपदेश युद्ध र हिंसाबाट नभई शान्तिबाट सृजना भएको छ भने आर्य ब्राम्हणहरुको देवीदेवताहरु इन्द्र, राम, कृष्ण, दुर्गा, काली आदि लडाई र हिंसाबाट सृजित भएका छन् । बुद्ध र बुद्धपछिका भिक्षु वा मैत्रेय बोद्धिसत्व खादि कसैको हातमा हतियार छैन भने ब्राम्हणहरुको सबै देवताहरुको हातमा हतियार छ । बुद्धले शान्तिको उपदेशबाट जनभावना जिते भने ब्राम्हणहरुका सबै देवी देवताहरुले हिंसापूर्ण युद्धबाट विजय प्राप्त गरे । वास्तवमा काल्पनिक देवतालाई यज्ञमा पशुवली र नरवली (मानिसको वली) चढाउने प्रचलनमा आधारित हिन्दू धर्म हिंसाको धर्म हो र जीव हत्याको विरोधमा विशुद्ध मनले गरिने पूजामा आधारित बौद्ध धर्म अहिंसाको धर्म हो । ब्राम्हणहरुले यो ‘हिंसापूर्ण वली’ प्रथा आफ्नो निजी स्वार्थको लागि प्रचलनमा ल्याएका हुन् भनी प्रसिद्ध धार्मिक इतिहासकार होप्किनले यसरी भनेका छन्–
Asto the fees, the rules are precise and the propounder of them are unb;ushing. The priest performs the sacrifices for the fee along and it most consist of valuable garments. Kine, horses or gold when each is to be given is carefully stated. Gold is coveted most, for this is immortality, the seed of Agni. And therefore peculiarly. Agreeable to the piouspriest .

अर्थात् लाजै नमानी आफ्नो शूल्कको लागि यो वली प्रथामा चढाउनु पर्ने लुगा, गाई, घोडा र सुन निर्धारित गरे । सुनलाई अग्निको अमरतको प्रतिकको रुपमा पवित्र पुजारी (ब्राम्हण)हरुले स्वीकार गरे ।

बुद्धले ६ वर्षसम्म नखाई तपस्या गर्दा ‘भोको पेट’ ज्ञान आर्जन गर्न सकिदैन भनी तपस्या त्यागी अघाउने गरी खाई ज्ञानको उपदेश दिएका थिए । ‘खाएर ध्यान गर’ भन्ने बुद्धको उपदेशको विपरित ब्राम्हणहरुले ‘नखाएर व्रतबसी तपस्या गर’ भने । बुद्धले ‘ईश्वर र आत्मा छैन भने, हिन्दूहरुले ईश्वर र आत्माको अस्तित्व छ’ भने । बुद्धले ‘पशुवली’ को विरोध गरे तर हिन्दू आर्यहरुले ‘पशुवली’ मा जोड दिए, पशुवली मात्र हैन, मानिसको वली (नरमेभ) दिने र प्रसादको रुपमा खाने प्रथा समेत चलाए ।

बुद्धले ‘बुद्ध (ज्ञान), संघ (संगठन), धर्म (कर्तव्य)’ मा जोड दिए । बुद्धले ‘सबै मानिस समान हुन्’ भनी प्रचार गरे भने भने ब्राम्हणहरुले ‘जन्मेदेखिनै जातले ठूला–साना, छुतअछुत हुन्छ’ भनी प्रचार गरे । बुद्धले सामुहिक जीवन जीउन जोड दिए भने ब्राम्हणहरुले ‘व्यक्तिगत जीवन’ जीउन जोड दिए र बुद्धले सम्पत्तिलाई सबैको ‘साझा’ माने भने ब्राम्हणहरुले ‘व्यक्तिगत’ माने ।

बुद्धले ‘निस्वार्थ सेवा’ को उपदेश दिए भने ब्राम्हणहरुले ‘देहामी, दादान्ति ती’ अर्थात् ‘मलाई देऊ, तिमीलाई दिन्छु’ भनी मोलतोल गर्ने सिद्धान्त अपनाए । बुद्ध धर्मको विरोधमा यति धेरै जाल झेल गर्दा पनि जनताको आस्था र विश्वास बुद्ध धर्ममा नै रहेकाले आर्य ब्राम्हणहरुले बुद्धलाई नै आर्य देवता ‘विष्णुको नवौं अवतार’ भनी घोषित गरे । अर्थात् बुद्धलाई दिन्दूहरुको देवता घोषित गर्न पुगे । यसबाहेक दक्षिणी भारतको पुरीमा जगन्नाथको प्रसिद्ध मूर्ति छ । जगन्नाथको मूर्ति बौद्ध भिक्षु इन्द्र डिउमाले बनाएको हो ।

यस मन्दिरको बाहिर ब्राम्हणहरुद्वारा एकादशी (देवी) को व्रत बसेको बसाईको विरोधी भएकोले सो एकादशीको व्रत बसेको मूर्ति जगन्नाथको मन्दिर भित्र लगिदैन । प्राचीन समयदेखि आजसम्म पनि जगन्नाथको दर्शनार्थ जाने स्त्री, पुरुष भक्तहरुले जगन्नाथको मन्दिरमा आफ्नो पुरै कपाल खौरिन्छन् । यसरी मुडिने प्रथा प्रष्ट रुपमा भिक्षु जीवनको परम्परासँग गाँसिएको छ । बौद्ध जगन्नाथ प्रति जनताको अपार श्रद्धा देखेर विरोध गर्दा पनि सफल नभएकाले ब्राम्हणहरुले बौद्ध जगन्नाथलाई ‘विष्णुको नवौं अवतार’ घोषित गरी हिन्दू बनाए ।

यसरी हतपतमा ब्राम्हणहरुले बुद्ध पनि विष्णुको नवौं अवतार भनेपछि कुन चाँहि ‘नवौं अवतार’ हो त्यो स्पष्ट नभएबाट बौद्ध धर्मको प्रभावबाट आत्तिएका ब्राम्हणहरुको मनोस्थिति कस्तो अवस्थामा थियो, सजिलै बुझ्न सकिन्छ । आज नेपालमा पशुपतिनाथ हिन्दूहरुको आराध्य देवता भए तापनि चन्द्र शमशेर राणाको पालासम्म पशुपतिनाथलाई ‘किरातेश्वर’ (किरात मंगोलहरुको देवता) भनी हेला गरिन्थ्यो र पशुपतिनाथको पूजा–आजा गर्नेलाई गैरहिन्दू भनी यातना समेत दिइन्थ्यो ।

‘वेद र उपनिषद्लाई नपुजी पशुपतिनाथलाई पूजेको कारण शहीद शुक्रराज शास्त्रीको पिता माधवराज जोशीलाई प्र.म. चन्द्र शमशेरको पण्डितले पशुलाई झैं पिटी रक्ताम्य गराई काठमाण्डौंमा गल्ली गल्लीमा अपमानित गराई डुलाएका थिए । यस्ता उदाहरणहरु हजारौं छन् ।