ग्रामिण पत्रकारिता विकासको आधार « Yalambar Times
१३ बैशाख २०८१, बिहीबार

ग्रामिण पत्रकारिता विकासको आधार


यलम्वर टाइम्स
१४ बैशाख २०७५, शुक्रबार ०४:२२

अर्जुनधारा । वरिष्ठ पत्रकार तथा लेखक हरिबहादुर थापाले ग्रामिण पत्रकारिता विकासको मुख्य आधार भएको बताएका छन् ।

यलम्बर टाइम्सको कार्यालयमा ग्रामिण पत्रकारिता विषयमा छलफल गर्दै थापाले वर्तमान समयमा प्रदेश सांसदलाईभन्दा बढी अधिकार वडा अध्यक्षलाई दिएको हुँदा वडादेखि नै मिहिन रुपमा समाचार सम्प्रेषण गरिए गाउँ वा नगरपालिका चनाखो हुने बताए ।

थापाले अगाडि भने –‘गाउँ वा नगरको राम्रो कामलाई प्राथमिकता पनि दिनु पर्छ नराम्रो काम गरे सुझाव सहित सचेत गराउँन जरुरी छ ।’

संघीयताको अभ्यास भईरहँदा कतिपय नगर वा गाउँपालिकामा ब्यूरोक्याट्ले राजनीति चलाउँने, राजनीतिले ब्यूरोक्याट् चलाउने गर्छन् । त्यस्तो अवस्थामा सचेत भएर समाचार लेख्न जरुरी देखिन्छ ।

थापाले भने –‘पहिले माथिबाट तल अधिकार प्रत्यायोजन गरिन्थ्यो । अहिले तलबाट माथि अधिकार दिने अभ्यास भइरहँदा पत्रकार चनाखो हुन उत्तिकै आवश्यक छ ।’

अर्का पत्रकार अखण्ड भण्डारीले पत्रकारिता पेशा सिल्पी पेशा हो । रिर्पोटिङ्गलाई सभ्य रुपमा उठान गरे योग्य पत्रकार बन्न सक्छ । पढेरमात्र पत्रकारिता सम्भव छैन, अभ्यास जरुरी छ ।

छलफलमा भण्डारीले पत्रकारिताको पाठ्यपुस्तक व्यवहारिक नभएका कारण त्यस विषयमा अध्ययन गर्ने विद्यार्थीहरु पत्रकारितामा नदेखिएको बताए । पत्रकार भण्डारीले गाउँ वा नगर पत्रकारिता गर्नेहरुको बलियो स्रोत भएको हुँदा गुमाउन नहुने बताए ।

थापा र भण्डारी कान्तिपुर दैनिकका कार्यरत् अग्रज पत्रकार हुन् । अर्जुनधारा प्रेस क्लबद्वारा आयोजित दुई दिने ग्रामिण पत्रकारिताको विषयमा प्रशिक्षण प्रदान गर्न उनीहरु झापा आएका हुन् ।

सोही समयलाई सदुपयोग गर्दै यलम्वर टाइम्सको कार्यालयमा शुक्रबार ग्रामिण पत्रकारिता सम्बन्धि छलफल गरिएको थियो ।