फिदिम नगर सरसफाई अभियानको बाइसौं हप्तामा प्रवेश « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

फिदिम नगर सरसफाई अभियानको बाइसौं हप्तामा प्रवेश


यलम्वर टाइम्स
१६ श्रावण २०७३, आईतवार ०७:५४

पाँचथर / जिल्ला प्रहरी कार्यालय पाँचथरको अग्रसरता र फिदिम नगरपालिकाको सहयोगमा सुरु भएको फिदिम नगर सरसफाई अभियान बाइसौं हप्तामा प्रवेश गरेको छ ।

अभियान अन्तर्गत शनिबार फिदिम बजारको लखनमार्ग स्थित गोस लाइन एरियाको सडक ढल तथा नाली सरसफाइ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गत वर्षको फागुन महिनादेखि सुरु भएको उक्त नगर सरसफाई अनियानमा स्थानीय उद्योगी–व्यवसायी, सामाजिक अगुवा र सर्वसाधरणको समेत सक्रिय सहभागिता रहँदै आएको छ ।

नयाँ नमुना शहरको रुपमा विकास भइरहेको फिदिम बजारलाई स्वच्छ र हराभरा राख्नका लागि अभियानको सुरुवात गरिएको पाँचथर प्रहरी प्रमुख डिएसपी कृष्ण प्रसाद कोइरालाले बताए । अभियान अन्तर्गत हरेक हप्ताको शनिबार विहान ७ बजेदेखि ९ बजेसम्म बजार क्षेत्रको कुनै पनि एउटा एरिया छनौंट गरी सरसफाइ गरिंदै आएको छ ।