कृषिको दीगो विकासमा अर्जुनधारा नगरपालिकाको दृष्टिकोण

[शालिकराम भट्टराई]

दुरदृष्टि (Vision)

निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसाय मूलक एवम् प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रुपान्तरण गरी प्राङ्गारिक दीगो कृषि विकासको माध्यमबाट कृषकको जीवनस्तरमा सुधार ल्याउनु ।

गन्तव्य (Mission)

कृषक एवम् सरोकारवालाहरुको आवश्यकता अनुरुप कृषि वस्तुहरुको उत्पादन तथा उत्पादकत्वमा वृद्धि गरि ग्रामिण जनताहरुको आर्थिक स्तरमा सुधार गर्ने ।

लक्ष्य (Goal)

व्यवसायिक, उन्नत र वातावरण मैत्री प्राङ्गारिक कृषि प्रणाली अवलम्बन गर्न लगाई बहुसंख्यक कृषकहरुको जीवनस्तरमा सुधार ल्याई दीगो आर्थिक विकासमा सहयोग गर्ने

उद्देश्य (Objectives)

मूल उद्देश्य

नगरपालिकामा उपलब्ध कृषि योग्य भूमि, सिचार्इं सुविधा, अन्य कृषिसँग सम्बन्धित प्राकृतिक श्रोतहरु, भौगोलिक तथा जैविक विविधता आदिको संरक्षण तथा दीगो उपयोग र परम्परागत खेती पद्धतीलाई आधुनिकरण र व्यवसायिकरण गरी समग्र कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व बढाई राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने र खाद्य पोषण सुरक्षाको प्रत्याभुतिका लागि खाद्य वस्तुको आपूर्ति बढाउन कृषि प्रसार सेवाको पहुँच कृषक स्तरमा पु¥याउने वृहत उद्देश्य नगर कृषि विकास शाखाले लिएको छ ।

निर्दिश्ट उद्देश्य

– कृषि वस्तुको बढ्दो आन्तरिक तथा बाह्य माग परिपूर्ति गर्न उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्ने ।

– कृषिमा आधारित उद्योग एवम् व्यवसायहरुको विस्तार, आवश्यक कच्चा पदार्थहरुको उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्ने ।

– कृषि विकास र वातावरण संरक्षण बीच सन्तुलन कायम राखी दीगो कृषि विकास कार्यक्रम चालन गर्ने ।

– निर्बाहमुखि कृषि पेशालाई व्यवसायिक तथा प्रतिस्पर्धात्मक कृषि प्रणालीका आधारहरु विकास गरि क्षेत्रीय र विश्व बजारसँग प्रतिस्पर्धात्मक बनाउने ।

– साना, सीमान्त, महिला, मधेसी, आदीवासी, जनजाति, अपाङ्ग, मुस्लिम, तथा विपन्न कृषकहरुका लागि उत्पादनशील तथा रोजगारमूलक कार्यक्रमहरु संचालन गरि गरिबी घटाउन योगदान पु¥याउने ।

– खाद्य तथा पोषण सुरक्षा सुनिश्चित गर्दै खाद्य सम्प्रभुता कायम गर्ने ।

– जलवायु परिवर्तनका नकारात्मक असर न्युनीकरण गर्ने वातावरण मैत्री कृषि प्रविधिहरुको विकास र विस्तार गर्ने ।

– वातावरण अनुकूल प्रविधिको प्रयोगबारे स्थानीय स्तरमा भैरहेका प्रविधिहरुको विकास, संवद्र्धन एवम् संरक्षणमा सहयोग गर्ने ।

– प्राङ्गारिक खेती प्रवद्र्धन र प्रोत्साहन गर्ने ।

– कृषि प्रसारका विविध पद्धतिहरुको माध्यमबाट उन्नत कृषि प्रविधिहरु सरल र सुलभ तरिकाले बहुसंख्यक कृषकहरु समक्ष पु¥याई प्रविधि हस्तान्तरण प्रभावकारी बनाउने ।

रणनीतिक परिकल्पना (Strategic Framework)

– कृषिको व्यवसायीकरण, विविधीकरण, गुणस्तर प्रवद्र्धन र ग्रामीण पूर्वाधारहरुको विकास र यान्त्रिकरणको माध्यमबाट कृषिजन्य वस्तुहरुको उत्पादन गरी खाद्य सुरक्षा सुनिश्चित गर्ने  ।

– कृषिजन्य उत्पादनको लागत कम गरी प्रतिस्पर्धात्मक क्षमता बढाउने ।

– कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन गुणस्तर निर्धारण गर्ने ।

– सम्भाव्य र उपयुक्त क्षेत्रहरुमा कृषकहरुलाई कम आयतन तर उच्च मूल्यका बाली वस्तु उत्पादन गर्न प्रोत्साहन गरी मूल्य अभिवृद्धि हुने प्रशोधनमा आधारित कृषि उद्योगको विकासमा जोड दिने ।

– गुणस्तर परीक्षण, प्रशोधन, अनुगमन र नियमनलाई स्थानिय स्तरमा जनताको पहुँच हुने गरी प्रभावकारी बनाउदैँ बजारीकरणलाई प्रवद्र्धन गर्ने ।

– कृषिलाई सम्मानजनक र आकर्षक पेशाको रुपमा विकास गरी युवा जनशक्तिलाई व्यवसायिक कृषि तर्फ आकर्षित गर्ने ।

– अनुसन्धानबाट विकास भएका प्रविधिहरुको विस्तारमा कृषि क्षेत्रमा कार्यरत सम्पूर्ण सरकारी, गैरसरकारी, सहकारी तथा शैक्षिक संस्थाहरुबीच अन्तरनिकाय समन्वय र सहकार्य कायम गर्दै कार्यान्वयन पक्षलाई नतिजामुखी बनाउने ।

– युवा तथा उद्यमी कृषकहरुलाई आवश्यक पर्ने ज्ञान, सीप र लगानीको वातावरण सिर्जना गरी ग्रामीण कृषि पर्यटनको विकास गर्ने आदि ।

कार्यनीति

– माटोको उर्वरता कायम राख्दै सीमान्त जमिन, प्रयोगमा नआएका जमिन आदिको उपयुक्त व्यवस्था गरि कृषि योग्य भूमिको उचित प्रयोग र वितारमा जोड दिईने ।

– भू–पर्यावरणिय अनुकूलता, सम्भाव्यता, तुलनात्मक लाभ र उपलव्ध पूर्वाधारहरुको आधारमा उत्पादन क्षेत्रलाई वाली विशेष पकेट क्षेत्रहरुको पहिचान गरि आयोजनागत रुपमा खाद्यान्न वाली, नगदे वाली, फलफूल तथा तरकारी वाली, माहुरी पालन, माछा पालन जस्ता कृषि व्यवसायहरुको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न समन्वयात्मक रुपमा कार्यक्रमहरु संचालन गर्ने

– नगरको कृषि विकास र वातवरण संरक्षणमा सन्तुलन राख्दै प्रति इकाई जमीनको उत्पादकत्व वृद्धि गराउने खालका कार्यक्रम संचालन गर्ने ।

– नगरपालिका स्थित पुर्वाधार विकास समितिले तयार गरेको आवधिक योजनाले निर्धारण गरेका समष्टिगत एवम् विषयगत उद्देश्य, नीति, लक्ष्य र रणनीतिको आधारमा नगरस्तरीय कार्यक्रम तर्जुमा गर्ने ।

– नगरको भू–बनोटको आधारमा तुलनात्मक रुपले बढी प्रतिफल दिन सक्ने/प्रतिस्पर्धी हुन सक्ने एवम् नगरको छुट्टै पहिचान दिन सक्ने सम्भाव्य कार्यक्रम संचालन गरिने ।

– नगरमा शुरु भएका सहकारी खेती व्यावसायलाई प्राथमिकता दिई कार्यक्रमहरु तर्जुमा र संचालन गरिने ।

– कृषक समुदायको कृषि सम्बन्धी परम्परागत विचारधारामा परिवर्तन ल्याउने ।

– एकीकृत शत्रुजीव व्यवस्थापनलाई बाली संरक्षणको मूल रणनीति एष्ििबचक या ब्नचष्अगतिगचभ मानी बाली संरक्षण सेवा प्रदान गर्ने र रासायनिक विषादीको सहि उपयोग गर्न र यसका नकारात्मक असरबाट बच्न जनचेतनामूलक कार्यक्रम संचालन गरिने ।

– कृषकको आयस्तर वृद्धि गर्ने खालका खेती व्यवसायमा जोड दिइ प्रबद्र्धन गर्ने ।

– नगरलाई खाद्यान्न र तरकारी वालीमा उच्च बृद्धि दर हासिल गर्दै जाने , तेलहन, दलहन, माछा वालीमा आत्म निर्भर हुने चिया, सुपारी, रवर, अदुवा वालीहरुको निर्यात प्रबद्र्धनमा सहयोग पुग्ने खालका कार्यक्रमहरुको अवलम्वन र कार्यान्वयन गरिने ।

– जैविक विषादी एवम् सुक्ष्मतत्वको प्रयोग गरि Organic खेति व्यवसायलाई टेवा पुग्ने खालका कार्यक्रमहरु संचालन गरिने ।

– कृषि विकासको सम्भाव्यताको आधारमा पकेट प्याकेज । कल्स्टर अवधारणको रुपमा क्षेत्रको निर्धारण गरी कार्यक्रम संचालन गर्ने ।

– माटो परिक्षण सेवालाई सबै कृषकहरुको पहुँचमा पु¥याई व्यापक बनाईने ।

– रासायनिक मलमा भर परिरहुनु परेको अवस्थामा क्रमशः सुधार ल्याउन भकारो सुधार र मल मूत्रको प्रयोगलाई प्रभावकारी सदुपयोग गर्ने गरि कार्यक्रमहरु तर्जुमा र कार्यान्वयन गरिने ।

– साना तथा मझौला कृषक बर्गलाई लक्षित कार्यक्रम संचालन गर्ने ।

– कृषि सम्बन्धी कृषकको वास्तविक समस्या पत्ता लगाई समाधान गर्न जोड दिने ।

– उन्नत कृषि पद्धति अपनाउन सर्व साधारण कृषकलाइ आवश्यक पर्ने ज्ञान, सीप उत्पादन सामाग्री, कृषि ऋण, कृषि उपजको बजार व्यवस्था कृषक समक्ष पु¥याउन समन्वयकारी भूमिका खेल्ने ।

– उन्नत प्रविधि अपनाई बेमौसमी तरकारी खेती व्यवसायिक रुपमा अगाडि वढाउन प्रोत्साहन दिई कार्यक्रम संचालन गरि आय आर्जन बृद्धि र स्वरोजगार सृजना गर्ने तर्फ कार्य गरिने ।

– कृषि उत्पादनको लागि आवश्यक पर्ने बीउ विजन, विरुवा, माछा भुरा आदि आपूर्ति गर्न स्थानीय स्तरमा बीज वृद्धि, ह्याचरी कार्यक्रम, नर्सरी स्थापना तथा श्रोत केन्द्र स्थापना गर्न प्राथमिकता दिने र उल्लेखित सामाग्री आपूर्ति गर्न निजी क्षेत्रलाई समेत प्रोत्साहन गर्ने ।

– संस्थागत रुपले आवद्ध भई व्यावसायिक कृषिमा लागेका कृषक । संस्थाहरुलार्ई कृषि यान्त्रिकरणको लागि आवश्यक पर्ने आधुनिक कृषि औजार तथा उपकरणहरमा प्रविधि सहित आर्थिक अनुदान उपलब्ध गराउने र पूर्वाधार निर्माणमा समेत सहयोग गर्ने ।

– कृषिजन्य वस्तुहरुको उत्पादनको लागि अपरिहार्य उन्नत बीउ, मल, विषादी, कृषि औजार उपकरण साथै सिंचाई, कृषिऋण जस्ता उत्पादन सामग्रीहरुको सर्वसुलभ आपूर्तिका लागि नगरस्थित कृषि विकाससँग सम्बन्धित निकायहरु (Line Agencies), राजनैतिक कार्यकर्ता तथा जनप्रतिनिधिहरु र समाजसेवीहरुसँग निकटतम समन्वय राखी कृषि सेवा केन्द्र/सम्पर्क केन्द्रहरु मार्फत कृषि प्राविधिकहरुले आवश्यक सहयोग र समन्वयात्मक भूमिका निर्वाह गर्ने ।

– भूमिहिन कृषकहरुको लागि बिशेष कार्यक्रम मार्फत सहकारी समूह समेतको सहयोगमा कृषि पेशामा लाग्न सहयोग पु¥याईने छ ।

– स्थानीय तहमा कृषि प्राविधिकहरुको सहज उपलब्धता र नमूना खेती व्यावसाय संचालन र प्रबद्र्धनमा सहयोग गर्ने गरि प्रत्येक स्थानीय कृषि कार्यकर्ता तयार पार्न स्थानीय प्राविधिक शिक्षालय, न.पा. को समन्वयमा विशेष शैक्षिक कार्यक्रम संचालन गर्न प्रयत्न गरिनेछ ।

– एएए मोडेलमा कृषि बजार पूर्वाधार निर्माण र संचालन गर्ने गरि कार्यक्रम अगाडि बढाईने ।

– भूमिगत तथा सहत सिंचाईका कार्यक्रमहरु लागि विशेष प्राथमिकता दिई पानीको आपूर्ति अभिबृद्धि गरी बर्ष भरी सिंचाई उपलब्ध गराउने प्रकृया अगाडि बढाईने ।

– स्थानीय स्तरसम्म कृषि बजार सूचनाको पहुँच बढाईने ।

– कृषि वाली विमालाई प्रवाभकारी बनाउन समन्वयकारी भुमिका निर्वाह गर्ने ।

कार्यक्रम कार्यान्वयन प्रक्रियाहरु

– जनसहभागितामा संचालन हुन सक्ने कार्यक्रमहरु संचालन गर्न जोड दिने ।

– कृषि प्रविधिको स्थलगत प्रसार सेवामा कृषक समूह, कृषि सहकारीको माध्यम अपनाइने ।

– कृषकहरुद्धारा गुणस्तरीय बीउ, बेर्ना, खाद्यान्न, माछा, फलफुल लगायतका उत्पादनका कार्यक्रमहरु पकेट प्याकेजको रुपमा संचालन गर्ने ।

– ग्रामीण कृषि कार्यकर्ताहरुको परिचालन गर्ने ।

– गरीब/दलित/महिला/जनजाति तथा उपेक्षित बर्गलाई लक्षित गरी गरिवी न्यूनिकरण गर्ने विशेष कार्यक्रमहरु संचालन गर्ने ।

– कार्यक्रमको प्रभावकारी अनुगमन एवम् सुपरिवेक्षण गरिने ।

– जनस्वास्थ्य एवम् वातावरणलाई बिषादीको दुरुपयोगबाट जोगाउन एकीकृत शत्रुजीव व्यवस्थापन कार्यक्रममा जोड दिने ।

– जौविक खेति तर्फ कृषकलाई उन्मुख गराउने खालका कार्यक्रम संचालनमा जोड दिने ।

– दिन प्रतिदिन बिग्रदैं गरेको माटोको उर्भरा शक्तिलाई सन्तुलन गर्न माटो परिक्षण व्यापक बनाईने र माटो व्यवस्थापन कार्यक्रममा विशेष जोड दिने ।

– सक्रिय कृषक समूहहरुलाई विस्तारै सहकारिकरण गर्दै लैजाने रणनिति अवलम्वन गर्ने ।

– स्थानीय निकाय, उद्योग बाणिज्य संघ, गैर सरकारी संघसंस्थाहरु सँग समन्वय र सहकार्य योजना तर्जुमा तथा कार्यान्वयनमा जोड दिने ।

– कृषि विकास कार्यक्रमहरुको योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मुल्याङ्कन प्रकृयामा कृषक समूह र स्थानीय स्तरका विभिन्न

सरोकारवाला निकायहरुको सकृय सहभागिता बढाउने ।

– कृषि व्यवसायलाई व्यवसायिक एवम् प्रतिस्पर्धात्मक रुपले विकास गर्न कृषि उत्पादन वृद्धि गर्न खाद्यान्न, तरकारी, फलफूल, माछा वालीमा प्रतियोगितात्मक कार्यक्रम संचालन गराई कृषकहरुलाई पुरस्कृत र सम्मान गरी कृषि व्यवसायतर्फ आकर्षित र सम्मानित गराउने परिपाटी अनसुार कार्य गर्ने आदि ।

लेखक भट्टराई अर्जुनधारा नगरपालिकाका योजना अधिकृत (कृषि शाखा प्रमुख) हुन् ।

    Comment Here!

प्रेस काउन्सिल नेपालमा सूचिकृत

सुचना विभाग दर्ता नम्बर : 1298/075-76

Designed By: Appharu Pvt.Ltd