कर्तव्य र दायित्व अब सामुदायिक विद्यालयले पनि बुझ्न जरुरी छ: प्रमुख राना  « Yalambar Times
७ बैशाख २०८१, शुक्रबार

कर्तव्य र दायित्व अब सामुदायिक विद्यालयले पनि बुझ्न जरुरी छ: प्रमुख राना 


यलम्वर टाइम्स
११ फाल्गुन २०७४, शुक्रबार ११:०५

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले निजी विद्यालयले कर्तव्य र दायित्व बुझे जस्तै अब सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाले पनि बुझ्न जरुरी रहेको बताएका छन् ।

अर्जुनधारा संस्कृत आदर्श माध्यमिक विद्यालयको २६ औं वार्षिक उत्सवको उद्घाटन गर्दै प्रमुख रानाले निजीभन्दा सामुदायिक विद्यालय केही हदसम्म खस्किदो अवस्था र नतिजा हाम्रो सामु देखा परेको हुँदा निजी विद्यालय जस्तै अगाडि बढाउन आग्रह गरे । उनले सामुदायिक विद्यालयलाई आवश्यक नगरपालिकाले सहयोग गर्ने छ । त्यसो हुँदा विद्यालयको भावनालाई समेट्दै उत्कृष्ट हासिल गर्न सबै विद्यालयलाई आग्रह गरेका थिए ।

प्रमुख रानाले शिक्षकशिक्षिका भनेको नेतृत्वकर्ता साथै अभिभावक हुन् उनले विद्यार्थी र अभिभावकहरु प्रति गर्नुपर्ने जिम्मेवारबोध गर्नुपर्ने अनुरोध गर्दै अभिभावकहरुले पनि विद्यालयलाई निरीक्षण गरेर, सहयोग गरेर आफ्नो बालबच्चा पढेको विद्यालयलाई उत्कृष्ट बनाउन आग्रह गर्दै त्यसमा नगरले गर्ने सहयोगमा पछि नहट्ने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बिका खतिवडाको सभापतित्वमा भएको कार्यक्रममा प्रेस क्लब अध्यक्ष कुमार भट्टराई, शनिश्चरे खानेपानी अध्यक्ष शंकर सुवेदी, नगर सदस्य देवकुमार राई, पीटीए अध्यक्ष मेदनीप्रसाद ढुुंगेल, सदस्य बद्री प्रसाई, महिला नेतृ गंगा थापा, अक्षयकोष दाता कैलाश प्रसाई लगायतको आतिथ्य रहेको थियो ।

वार्षिक कार्यक्रममा शिक्षिका पवित्रा पौडेल खनाललाई उत्कृष्ट शिक्षकको रुपमा दोसल्ला र सम्मानपत्रले अभिनन्दन गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रअ कृष्ण भट्टराईले विद्यालयका प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयलाई सहयोग गर्न आग्रह गरेका थिए । शिक्षक चन्द्र खत्रीको सञ्चालनमा भएको कार्यक्रममा स्वागत हरिनारायण खतिवडा र स्वागत गीत गीता अधिकारीले पस्केका थिए भने विद्यार्थीहरुले सांगीतिक कार्यक्रम प्रदर्शन गरेका थिए ।

देवभूमिको ११ औं वार्षिक उत्सव

देवभूमि विद्यापीठ अंग्रेजी माविको ११ औं वार्षिक उत्सव सम्पन्न भएको छ । वार्षिक उत्सव उद्घाटन गर्दै नगर प्रमुख हरिकुमार रानाले सामुदायिक र निजी विद्यालयलाई एकै ठाउँ राखेर नगरको गुणस्तरीय शिक्षा निर्माण गर्न लागिने बताए ।

उनले अब नगर शहर जस्तो हुनुपर्ने बताउँदै नगरको चौतर्फी विकासमा शिक्षाको महत्वपूर्ण योगदान हुने बताए ।

कार्यक्रममा विद्यालयका व्यवस्थापन प्रमुख सुमन शर्मा जमरकट्टेलले विद्यालयबाट सामाजिक कामसँगै परोपकारी काम गरेको बताउँदै विद्यार्थीलाई विभिन्न भाषा लिपीका शिक्षा समेत दिने बताए । उनले स्थानीय आँगन एफएमसँग परोपरका शिक्षा कार्यक्रम विद्यार्थीहरुले चलाउँदै आएको समेत बताए ।

वार्षिक कार्यक्रममा पूर्व शिक्षक तथा समाजसेवी, शिक्षासेवी प्रेम मैनालीलाई उत्कृष्ट शिक्षासेवी सम्मान प्रदान गरेका थिए । कार्यक्रममा खानेपानीका अध्यक्ष शंकर सुवेदी, उद्योग वाणिज्य संघ अर्जुनधाराका सचिव चतुर्भुज काफ्ले, बिर्तामोड वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, अर्जुनधारा जेसीजका अध्यक्ष अजयकुमार देव, प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई, वीरता जेसीजका अध्यक्ष एकराज गिरी, स्वस्तिका शिशु सदनका फाउण्डर इश्वरा श्रेष्ठ, रुपरत्नका फाउण्डर प्रभु श्रेष्ठ, होलीबेजिलका हरि खड्का,  खेलकुद विकास समितिका अर्जुन मेचे, जनजाति महासंघ बिर्तामोडका गोपाल राई लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा विभिन्न सांगीतिक कार्यक्रम समेत गरिएको थियो ।