नेपाली संस्कृति जोगाउन पूर्वाञ्चल कलाकार संघ « Yalambar Times
११ बैशाख २०८१, मंगलवार

नेपाली संस्कृति जोगाउन पूर्वाञ्चल कलाकार संघ


यलम्वर टाइम्स
२६ कार्तिक २०७४, आईतवार १०:४०

अर्जुनधारा । लोपोन्मुख अवस्थामा रहेका नेपाली बाजागाजा र भेषभुषाहरुको खोजी गर्दै त्यसको संरक्षण गर्ने हेतुले पूर्वाञ्चल कलाकार संघ प्रदेश नं. १ गठन गरिएको छ ।

संघको अध्यक्षमा कसम खवास, उपाध्यक्ष याम शेर्मा, सचिव तोरण श्रेष्ठ, सहसचिव अरुण लिभाङ, कोषाध्यक्षमा स्वीकृति सम्वाहाम्फे रहेका छन् । यसरी नै सदस्यहरुमा सन्तोष आले, सुजन मगर, लजन फ्याँक, जीवन हाङस्रुम्बा, राजेश राई, एपी मगर, अर्जुन पौडेल, बबिता लिम्बू राई, राजा कन्दङ्वा, कुमारी चेम्जोङ जेवी नेम्वाङ र बीरबल राई रहेका छन् । संघले पत्रकारद्वय दिपीन राई र कुमार भट्टराईलाई सल्लाहकारमा चयन गरेको छ ।

नाटक, गीतसंगीतको माध्यमबाट समाजमा भएका विसंगती र विकृतिलाई हटाउँदै चेतनामूलक कार्यक्रमहरु गर्दै अगाडि बढ्ने अध्यक्ष कसम खवासले बताए ।

अध्यक्ष खवासले नेपाली संस्कृतिमा परम्परादेखि चलिआएको मारुनी नृत्य, उनीहरुले लगाउने फरिया, परम्परागत बाजा मुर्चुङ, बिनायो लोप हुँदै गएको र त्यसको संरक्षणको लागि पनि यस संघको गठन गर्न आवश्यक रहेको बताए ।