मधुको साम्याङफुङ बिमोचनमधुको साम्याङफुङ बिमोचन « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

मधुको साम्याङफुङ बिमोचनमधुको साम्याङफुङ बिमोचन


यलम्वर टाइम्स
११ भाद्र २०७४, आईतवार १०:१७

[सन्देश सुब्बा]

पाँचथर / गजलकार मधु आजित केरुङको लिम्बू भाषाको गजल संग्रह ‘साम्याङफुङ’ (सुन फुल) शनिबार फिदिममा बिमोचन भयो ।

कार्यक्रमका प्रमुख अतिथि याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र कुमार जबेगु, भाषावीद दीलेन्द्र कुरुम्बाङ, भाषा आयोगका भाषा विज्ञ हरिचन्द्र लाओती, साहित्यकार मिना राई, प्रेम ओझा र लेखकका पुत्री फुङ्सा केरुङले संयुक्त रुपमा संग्रहको बिमोचन गरेका थिए ।

कृति बिमोचन पछि बोल्दै कुलपति जबेगुले संग्रहका गजलहरुले लिम्बुवानको सभ्यता, संस्कृति र इतिहासलाई उजागर गरेको उल्लेख गरे । भाषावीद कुरुम्बाङले नेपालका विभिन्न मातृभाषाहरुलाई पनि नेपाली भाषाकै मान्यता दिन आन्दोलन उठिरहेको बेला ‘साम्याङफुङ’ ले साहित्यको माध्यमबाट त्यो आन्दोलनलाई सघाउ पु¥याएको बिचार ब्यक्त गरे ।

भाषा आयोगका भाषाविज्ञ लाओतीले संग्रहका गजलहरुले लिम्बुवान सँगै समग्र देशको समृद्धिमा जोड दिएको बताए । कृतिमाथि बाल्दै साहित्यकार प्रेम ओझा, समालोचक खड्नारायण आङदेम्बे र प्राध्यापक लक्ष्मी ढुंगानाले लिम्बू साहित्यको समृद्धिका लागि ‘साम्याङफुङ’ एउटा इटा भएको बताए ।

किरात सिरिजंगा लीपि र देवनागरी दुबै लिपि प्रयोग गरिएको ‘साम्याङफुङ’ मा जम्मा ३० वटा लिम्बू भाषाका गजल संग्रहित छन् । जम्मा ७२ पृष्ठको कृतिको मूल्य १९९ रुपैंयाँ राखिएको छ । लेखकको यसअघि ‘फक्ताङलुङको फेदीबाट’ नामक नेपाली गजलहरुको संग्रह बजारमा आइसकेको छ ।

बिमोचन कार्यक्रमको संयोजन पाँचथर गजल मञ्च, किराय याक्थुङ चुम्लुङ पान्थर, लिम्बू चलचित्रकर्मी संघ पान्थर, साहित्य साधना पाँचथर बहुमुखि क्याम्पस र हाम्रो थिएटर नेपाल पाँचथरले गरेका थिए । कार्य क्रममा जिल्लास्थित लेखक–साहित्यकारहरुको उपस्थिति रहेको थियो ।