पुष्पको याग्राङसिङ बजारमा « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

पुष्पको याग्राङसिङ बजारमा


यलम्वर टाइम्स
१८ बैशाख २०७४, सोमबार ०६:५२

pachtharपाँचथर / कवि पुष्पहाङ लोवाको लिम्बू भाषाको कविता संग्रह ‘याग्राङसिङ’ को बिमोचन भएको छ ।

आइतबार फिदिममा आयोजित एक कार्यक्रममा याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्र कुमार जवेगुले ‘याग्राङसिङ’ को बिमोचन गरे । कृतिमाथि क्रममा प्रमुख अतिथि जवेगु सँगै पाँचथरे स्रष्टाहरु प्रेम ओझा, शान्ता गौतम, डि.एम.कन्दङ्वा, लेखनाथ शिकारु, सागर केरुङ लगायतले आ–आफ्नो बिचार राखे ।

लिम्बू साहित्यका शशक्त हस्ति लोवाको यो दोस्रो कविता संग्रह हो । यसअघि लिम्बू भाषाको कविता संग्रह ‘तङअम्भुङ’ बजारमा ल्याइसकेका लोवाको दोस्रो कविता संग्रह ‘याग्राङसिङ’ मा विभिन्न स्वादका २२ कविता संग्रहित छन् । कार्यक्रमको संयोजन याक्थुङ मुच चइत चोक सयङ पाँचथरले गरेको थियो ।